
एक्काइसौं शताब्दीको दिल्ली दङ्गा! जातीय दङ्गामा निरिह राज्य
दिल्लीमा अतिवादी हिन्दुहरुको समुहले छानीछानी मुसलमान समुदायमाथि आक्रमण अनि हत्या गरिरहेका छन्, सरकारको इन्टरभेन्शन निरर्थक सावित भइरहेको छ भनें अहिलेसम्म ३३ जनाको मृत्यु र सैयौं घाइते भइसकेका छन् ।
दिल्लीको उत्तरपूर्वी सिमामा सर्वाधिक धेरै हिंसाको घटनाहरु भए र त्यहाँ केन्द्रित गरेर सैयौं सुरक्षादस्ताहरु खटाइएका पनि हुन् । हिसेम्बरमा आएको भाजपा सत्तारुढ सरकारले ल्याएको नागरीकता शंशोधन बिधेयकमा अल्पसंख्यक मुसलमान सुमदायमाथि भएको बिभेद भन्दै दिल्लीमा आन्दोलन शुरु भयो र अन्तत फेब्रुअरीमा यो बिरोध एउटा साम्प्रदायिक हमला र हिंसामा रुपान्तरित भयो ।
दिल्लीका अस्पतालहरुका बिवरणलाई आधार मान्दा गुरु तेग बहादुर अस्पतालले आफ्नो अस्पतालमा ३० जना हिंसा घाइतेको को मृत्यु भएको र लोक नायक अस्पतालले ३ जनाको मृत्यु भएको बिज्ञप्ती जारेको छ , दिल्ली अहिले आक्रान्त छ । यि सबैजनालाई जीटीबी अर्थात गन डाउन इन्जुरी भएको अस्पतालले बताएको छ, दिल्ली हिंसामा अत्याधिक बन्दुकको प्रयोग भएको छ ।
तरवार र बन्दुक बोकेका समुहले सैयौं पसल, पेट्रोल पम्प, घरहरु, बिधालय र २ वटा मस्जिदमाथि पनि तोडफोड गरिसकेका छन् । उत्तर प्रदेशमा मात्र डिसेम्बर महिनामा प्रहरी दमनमा ३० जनाको मृत्यु भएको तथ्याकं छ जस्मा धेरैजसो मुसलमान थिए । दिल्लीमा मतदान तयारीका क्रममा भाजपाले त आन्दोलनकारी मुसलमान समर्थक अनि धार्मिक तठस्त समुदायलाई जिहादिस्त नै भनि सम्वोधन गरेको थियो । भारतको धर्म निरपेक्ष संविधान माथि भाजपा शाषित सरकारले कुठाराघात गरेको आरोप पनि आन्दोलनकारीहरुको छ ।
बुधवार दिल्ली हाइकोर्टका जज एस मुरलीधरले भाजपा नेतृत्वको र प्रहरीको आलोचना गर्दै दिल्ली हिंसामा स्थानीय भाजपा नेतृत्वको अनुसन्धान गर्न प्रहरीलाई आदेश पनि दिएका थिए । अरु बिभिन्न उच्चपदस्त अधिकारीहरुले पनि दिल्ली प्रहरीले हिंसा रोक्न उचित कदम नचालेको र आँखा चिम्लेको आरोप लगाएका छन् ।
उता भर्खरै भारत आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भनें धार्मिक स्वतन्त्रतामा भारतीय प्रधानमन्त्री मोदीको खुलेर तारिफ गर्न भ्याएका छन् । एक्काइसौं शताव्दीमा जातिय हिंसामा यसरी निरिह बनेको भारतीय सरकार र दिल्ली प्रशासनले कतै भारतीय संविधानको धर्म निरपेक्षता बुँदा माथि नै प्रहार गरिरहेको त हैन ? विश्वको सर्वाधिक ठूलो प्रजातान्त्रीक अभयास गर्ने देशमा अल्पसख्यंक माथिको यो दमनले विश्वलाई प्रजातन्त्रको कुन सन्देश दिइरहेको छ त ? मनन गर्न योग्य कुरा छ ।
लाइभमाण्डु