म संग मोबाइल फोन छैन : रुसी राष्ट्रपति पुटिन


६७ वर्षिय रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो २ दशकदेखि रुसमा चर्चित अनि शक्तिशाली नेतृत्व हुन्, संसद नै भगं गरेर बिधेयक ल्याउनेसम्मको ल्याकत राख्ने यि रुसी नेता विश्वकै सर्वाधिक शक्तिशाली र रणनैतिक नेतामा पर्दछन् ।

अहिले पुटिनका विषयमा केहि रोचक तथ्यहरु उनी स्वयमले भनेका कुराहरु विश्वभरिका सञ्चारमाध्यममा आइरहेको छ । पुटिनको सुरक्षा र गोपनियता रुसी प्रशासनको प्रार्थमिक्तामा पर्दछ, भर्खरै पुटिनले अहिलेसम्म वडी डवल प्रयोग नगरेको बताएका छन् । वडी डवलको अर्थ पुटिन जस्तै देखिने अर्का व्यक्ति यिनको ठाँउमा पठाउने र पुटिन आफूचाँही अपत्यारिलो तवरले या अर्को साधनमा जाने र सुरक्षित हुने भन्ने अर्थ लाग्दछ । मध्यपूर्वका शाषकहरु सद्धाम हुसेन, गद्धाफि लगायत विश्वभरिका शिर्षस्थ नेताहरुले यस वडी डवलको प्रयोग गर्दछन् जुन पुटिनले अहिलेसम्म प्रयोग नगरेको बताए ।

बिहिवार यिनले तास न्यूज एजेन्सीमा अन्र्तवार्ता दिएका थिए, प्रश्नकर्ताले ईन्टरनेटमा पुटिन वडि डवल भनि धेरै खोज गरिएको बताएपछि पुटिनले अहिलेसम्म वडि डवल प्रयोग नगरेको बताएका हुन् । प्रश्नकर्ताले के तपाँई वास्तविक पुटिन नै हो या डवल भनी प्रश्न गर्दा पुटिनले एउटा नेताले सार्वजनिक स्थानमा आफ्नो उपस्थिती नै आफूजस्तै देखिनेहरु बाट गरायो भने उस्को नेतृत्वको औचित्य के होला र भनी उत्तर दिएका थिए ।

पुटिनले आफूले वडि डवल प्रयोग नगर्दा सन् २००० ताकाको आतंकवादी कालमा हमलाहरु बाट जोगिन निकै अफ्ठेरो भएको पनि बताए , पुटिनका अनुसार उनी आफ्नो मोवाइल फोन भनेर कहिल्यै बोक्दैनन, उन्को मोवाइल फोन छैन र यसरी व्यक्तिगत फोन नबोक्दा आफूलाई सुरक्षित र सहज महसुस हुने पुटिनको भनाई छ ।

चाहेको बेलामा एकजना सुरक्षागार्डको फोन मार्फत विश्वमा जोसुकै संग आफूले कुरा गर्न सक्ने पुटिनको उत्तर थियो । रुसको दक्षिण भेगका चेचनीयामा रहेका मुसलमान पृथकतावादीहरुसंग पुटिनको नेतृत्वले निकै युद्ध गरेको थियो, ति पृथकतावादीहरुले पुटिनलाई पटक पटक आफ्नो हमलाको निशाना बनाएपनि पुटिन हरेक पटक बच्दै आएका छन् ।

लाइभमाण्डु


Loading comments...