
सन् २०११ बाट सिरियामा कति जना मारिए ?
मेरो यो आलेख सिरियाका लागि, सिरियाका दु ख र वेदनाका लागि अनि नेपालबाट माया दर्शाउनका लागि । सन् २०११ मा अल वसादको शाषन सिरियामा शुरु भएपछि कोही पनि सिरियनले अबको ९ वर्षमा त्यहाँ दशौं लाख सिरियन दाजुभाइहरु मारिएलान्, आधा भन्दा बडि जनसंख्या तेश्रो मुलुकमा जोखिमपूर्ण रुपले भाग्नु पर्ला भन्ने कल्पना पनि गरेका थिएनन, तर त्यस्तै भयो । आज सिरिया बिश्वभरिकै सर्वाधिक धेरै भयावह, जोखिमपूर्ण अनि अस्तव्यस्त देशहरुमा पर्दछ । सिरियन अव्जरभेटरी फर ह्यूमन राइट्स एउटा मानविय संस्था हो जो सिरियामा रामी अव्दुल रहमानले नेतृत्व गरेर चलिरहेको छ, यस संस्थाले सिरियनको मृत्यु संख्याको आँकडा र अनुमान राखेको छ । हुन त संयुक्त राष्ट्र संघले सन् २०१६ सम्म सिरियनको मृत्यु लेखा नराखेको हैन तर त्यसपछि राष्ट्रसंघले यस आँकडा राख्ने क्रियाकलाप बन्द गरिदियो । सत्य त के हो भनें सिरियन शहरहरुमा आजभोली बिराला, कुकुर र मरेका मान्छेको गनाँउने लाशहरु मात्र पाइन्छ । केहि गैरसरकारी संस्थाहरु मृतकहरुको लाशलाई भवनका भग्नावशेषबाट निकालेर शदगद गर्न पनि लागीपरेका छन्, यी कुराहरु सुन्दै बिभत्स लाग्दछन् ।
सन् २०१६ मा राष्ट्र संघले अनुमानित रुपमा ४ लाख सिरियनहरु सन् २०११ बाट मारिएको आँकडा निकाल्यो, त्यसपछि राष्ट्र संघले बिभिन्न कारण दर्शाउदै सिरियनहरुको मृत्युलाई प्रार्थमिक्ताका साथ राखेन । सन् २०१३ मा सिरियन रिपोर्ट अनुसार नै २९ हजार बिद्रोही मारिँदा ११ हजार निहत्था नागरी मारेको रिपोर्ट निकाल्यो । सिरियन शाषक वसाद संग हतियारको मोनोपोली अर्थात एकाधिकार छ, उनी चाहेको समयमा र ठाँउमा बेझिझक मिसाइल, एयरस्टा्रइक र सैन्य कारवाही गराउन सक्दछन् । एकजना बिद्रोहीका लागि यिनले सैयौंजना नागरीकहरुको ज्यानको बाजी थापिदिन सक्दछन् भनें उता अमेरिका, रुसी सेनाका चीलजहाजहरु कुर्र्नै पनि समयमा कतै पनि हमला गर्न तयार देखिन्छन् ।
सिरियनहरु आकाश खुलेको दिन भएमा हवाई हमला होला भनेंर डराँउदछन् भन्ने समाचार हामीले केहि हप्ताअघि लाइभ्माण्डुमा प्रकाशित पनि गर्यौं । यो दर्दनाक कथा कुनै समयको मनमोहक अनि सभ्य देश सिरियाको हो ।
सिरियन अव्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार सुन् २०१८ सम्ममा करिब ५६०,००० सिरियनहरुको मृत्यु भएको आँकडा सन् २०११ बाटको तथ्य देखिन्छ, सिभिलियनको मृत्यु आधा सैन्य कारवाहीमा अनि आधा चाँही मिलिटरी क्याम्पमा टर्चर र यातनाका कारणले भएको देखिन्छ । कुर्दिश, ईस्लामीक स्टेट र अलकायदा बिद्रोही समुहको सिरियामा उपस्थिती देखिन्छ ।
आसाद शाषनलाई रुसी समर्थन छ, यसअर्थमा ९० प्रतिशत सिभिलियनको हत्या आसाद सरकारका तर्फबाट या रुसी आक्रमणमा भएको देखिन्छ । सिरियनका लाशमा टेकेर राजनैतिक आवरण भर्ने शाषक देखि सिरियाकालाई क्रिडास्थल बनाएर विश्व मानचित्रमा आफूलाई शक्तिशाली बनाउने राष्ट्रहरु सम्म सबैलाई सिरियनको आँशुले सताउनेछ शायद ।
सुयोग ढकाल
लाइभमाण्डु