मेरो Break-up अनि मेरो बाउको love -story


अषारको झरीमा, पानीमा भिज्दै-भिज्दै लंग्फ्यंग लंग्फ्यंग गर्दै बनेशवरको प्रेसका’स क्याफे मा पुगेको मात्र के थिए त्यहाँ भित्र मेरी चन्द्रमुखी मलाई कुरिरहेकी रैछे । भित्र छिरेर कुर्सि तानेर बसेको मात्र के थिए, चंद्रमुखिको मुख बाट मेरो नाम को पछाडी “I want break-up” । टेबलमा चिया लेर आउदै गर्य भाइ पनि नजिक पुगेर ३६० डिग्री घुमेर सरासर फर्कियो । मेरो मनमा दुख भन्दा बडी प्रस्न आउन थाल्यो । किन? मेरो मात्र कुरा । मलाइ अर्कै केटा मनपर्छ उसको उत्तर । मन भित्र शिव जिको तेस्रो नेत्र खुले झैँ रिस उठ्न थाल्यो अनि दिमागमा शिव जी ले गणेशको नाक काट्य जस्तै त्यो केटाको नाक काट्ने सोच आयो । फेरी सोधे, को हो त्यो? उनको उत्तर तिमीलाई के मतलब? मेरो reaction? के को न मतलब पोइल जान लकि छेउ को संग जना लागेकी त थाह पाउन पर्यो नि । अनि मेरो बोलि? “भन न baby “। धेरै कुरा गरेपछि उनले केटाको नाम भनिन अनि नाम सुनेपछि facebook मा search गरे मोरोको नाम, अनि हेरे तिन्ग्रे को फोटो । वहाँ छ फीट को हुनुदो रहेछ अनि बड्डी पनि सलमान खानको जस्तै अनि मुहार हेर्दा मलाई आफैलाई लब पर्ला जस्तो । अनि मैले मेरो शिव जी वाला प्लान लाइ स्तगित गरेर घर मा गएर शाहरुख खान वाला प्लान सुरु गर्ने निधो गरे ।

मात्र फरक: म गरीबहरुको शाहरुख खान परे, नत मसंग पैसा थियो र न मेरो लागि चन्द्रमुखी र पारो को दुविधा ।

अषारको पानीमा फेरी एकपल्ट भिज्दै भिज्दै म घर पुगे । घरमा आमैले खाना पकार ready रख्नुभा थ्यो । बाबा पनि भक्खर गाउँ चारेर आउनुभयो । आमैले खान खान आइज भनेर गुवार्नु भयो अनि मेरो उत्तर ” मलाई खान मन छैन । ” माथि भान्सा कोठा बाट अको अवाज मैले सुनिराखे । ” आज छोरालाई के भयो कुन्नी , घर आए देखि बोलेको छैन, कोठा भित्रै बसेछ ।” आमाले भनिन। अनि बुको उत्तर ” म कुरा गर्छु चोर संग ।” मेरा बाउले मलाई मायाले हो कि रिसले हो सधै चोर भन्थ्ये । मेरा बा तल मेरो कोठा तिर आउदा मेरो कोठामा फत्तेमानको “एस्तोपानी हुदो रैछ जिन्दगीमा कैले कैले – कसैलाई माया गर्ने एउटा भूल गरे मैले ” घन्की रहेथ्यो । बाउ भित्र आए अनि ” ओइ आइज माथि कुरा गर्नु छ” भने । मैले “ह्या ” मात्र के भन्याथ्ये बाउको ” के रे ?” फर्की हाल्यो अनि म पनि मुसा जस्तै सिंघको पछि पछि हिडे ।

माथि भान्सामा पुगेको मात्र के थिए टेबलमा बाको ओल्ड दरबार अनि दुइटा ग्लास, ग्लास्सको साइडमा आइस अनि चखना को लागि अलिकति भुजिया । पर बाट तेत्ति देख्दै मैले चन्द्रमुखी त के, उसको सात पुस्ता बिर्सिसकेथ्ये । ल बस भने बाले । म पनि थचक्क बसे। पानी हालछस कि कोक कि निट सोधे बाले अनि मैले पनि जिन्दगि रक्सि नदेखे जस्तो गरेर लाटोले पापा हेर्या जस्तै बाको मुखमा ट्वाल्ल परेर हेरे । अनि बालाई नाके स्वोर मा भने ” के भनेको बाबा मैले त बुजिन नि ।” बुझ्न त किन नबुझ्नु, अ गर्दा अहंकार बुज्ने परियो तर बाउलाई कसरी निट प्याक बनाउनु बा दुइ टुक्रा आइस हालेर भन्नु । ” तलाई चोर ! तेरो सास गनाउछ म मान्छु तर छोरा सास गनाउनु र रक्सि गनाउनु मा धेरै फरक हुन्छ । तेरो good -friday हरु सबै थाछ” । म पानी चुप लागे, भुइमा हेरेर मुसु मुसु हासे अनि बालाई ” खै अब बनाउने नै भए निट बनाइसोनत, दुइ टुक्रा आइस हालेर ” भने । बाउले उता बाट फर्काइ हाले ” जडिया चोर ” अनि एक प्याक आफुलाई अनि एक मलाई बनार दिए । दिन त दिए बुडाले तर सारै सानो प्याक बनाए, के बिनि लोवी भाका भनेर मन-मनै सोचे अनि ल cheers भनेर गिलास ठोक्कारा एक सुर्को लिए । लाग्न त अमृत जस्तै मिठो लाग्या थ्यो तर बाउको अगाडी अनुहार बिगार्ने पर्यो भनेर तितो भाको जस्तै गरे अनि ग्लास भुइमा राखेर अहह पानी ठोक्दिये ।

एक सुर्को के लेको थिए, बाउको उता बाट प्रस्न आयो, ” के भयो तलाई, किन दुखि आत्मा भैस? ” मैले भने बा लाइ ” केहि हैन बा, के हुनु र मलाइ” अनि हतार हतार बाउ बाट अखा गिलासमा लागे । उता बा फेरी सोध्न थाले “को मोरीले के गरि ? ” बुडाले यसरी सोधे कि मानौ खुकुरी लेर काट्नै जालान जस्तो लग्यो । मैले बालाई भने ” हैन बाबा केहि नि भाको हैन के हुनु र ” अनि बा भन्छन ” अनि आज तेरो त्यो ह्या ह्या र हुहु वाला गीत छोडेर किन फत्तेमान बज्यो त ?” म चुप लागे, बाले अर्को पैक बनाए । दुइ पैक पछि बा भन्छन ” तलाई थाहछ चोर, यो देश को सबै भन्दा ठुलो दुखि आत्मा को हो ?” ” को बा ? ” भने मैले अनि बुडा भन्छन ” नारायण गोपाल, सुन् न कति दुख पर्यथ्यो नारायण दाइ लाइ गाउछन् कि ” जुन फुल मैले साचेको थिए कसैले टिपेछ ” मेरो मुख बाट हासो आयो अनि बाउको हात बाट तेस्रो पैक |

हुन त मेरो बा ट्यांकर हुन् तर खै आज भोलि तिन पैक मै फिलिली हुन्छन बुडा । तेस्रो पैक पछि बुडा को नोकिया मा गीत बज्न थाल्यो ” बनै खायो डडेलोले मलाई खायो तेइ मोरीको पापी माया ले ” बुडाले आफ्नो शर्टको गोजी बाट टक्क मुरली निकाले अनि लाइटर बालेर मुरली बजाउन थाले। म भने एता थुक निल्दै बसे । एकाएक बुडा भन्छन ” तर यार I FEEL NARAYAN DAI “। गीत त फत्तेमानको बजिरा थ्यो तर मैले केहि भनिन । अनि बुडा थप्न थाले ” नारायण दाइको दुख बुजछु म । बुडालाई कति टेन्सन भा थ्यो होला । गीत सुन् न दाइको ‘एउटा मान्छे को मायाले कति फरक पार्द छ जिन्दगीमा’ अहा त्यो बेला ” बुडाले एति भनेर गीत बजाए अर्को ” मेरो माया कुल्ची जाने तिम्रो माया फलोस फुलोस – मेरा इक्श्या मारी जाने तिम्रो इक्श्या सबै पुगोस ” । ” यार त्यो नि क्या बेला थ्यो ” बाले सुरु गरे । ” कलेज पड्दाको मायाको मज्जै बेग्लै । त्यो बेलामा नत फोन थ्यो न फेसबुक, यत्रो लामो लामो चिट्ठी लेखिन्थ्यो ।” मैले पनि छ्वास्स दिए ” कसलाई बा? आमालाई?”

” भक मोरा, तेरी आमा त धेरै पछि आकी हो । तेरो बाउ पनि जमानाको त ह्यान्डसम हो नि ।” मेरो मुख बाट हासो रोकिएन । म हास्न थाले अनि बाउ अर्को पैक बनाउन थाले ।अब बाउको दोस्रो मुरलीको सुर्को बाट सुरु भयो मेरो बाउको LOVE -STORY । ” त्यो पनि क्या बेला थ्यो यार । तेरो बाउको पनि जमानामा दरो लब पर्या हो नि । उसको र मेरो भेट, मेरो बाउको चिया पसलमा भाको थ्यो । हाम्रो गाउँमा भर्खर भर्खर सर्या रैछन अनि मलाई अज्जै याद छ उसको भाइको लागि “जुली” बिस्कुट लिन अकि थि । म ठुलै भएनी चवंप्रास खैरथ्ये (साच्चै मेरो बालाई यो चावान्प्राश कति मनपर्या हो, अज्जै खानछन् । )। उसले जुली बिस्कुट मागी मैले हतार हतार च्वान्प्राश खाइरख्या चम्चा मुख मा अड्काए अनि दुइ हातले बिस्कुट दिए । उसले १ रुपैया दि अनि मैले उसलाई फिर्ता सिक्का दिए । उसको बा हाम्रोमा चिया खान आइरने भए । बुडा हाम्रो पसलको regular costumer भए । हरेक पल्ट उनको बा हाम्रो पसलमा आउदा उनको वेटर म बन्थ्ये । हरेक दिन बिहान ठिक ९ बजे आउँथि मोरी अनि आएर बुडालाई भन्थी ” बा , खाना पस्किसकेको छ आइस्यो” त्यो ९ बजेको उनको मुहार हेर्नलाई म दांत माजेर बस्थे ।

एति भनिसकेर बा मुत्रबिसर्जन गर्न गए अनि मैले पनि बाको मुरलीको ठुट्टा भएपनि बालिहाले । हतार हतार दुइ सर्को लिदै सोचे ” मेरा बा नि जमानाको playboy रैछन्” । फेरी केहि बेर पछि बा माथि आउनु भयो अनि भन्नु भो “बुजिस ? मोरा यो सब आमालाई भनिस भने फेरी टुहुरो हुन्छस नि । ” मैले पनि हास्दै का भन्नु भन्दिन नि भने । अनि अब बा पाँचौ पेक बनाउन तिर लागे अनि मैले नि छवास्स दिए “अनि के भो त बा?”

मुस्सुक्क हाँस्दै बा थप्न थाले ” के हुनु नि मोरा, जसो तसो एक दिन हिम्मत गरेर मोरी पसल आएको बेला उसको हातमा मेरो loveletter राखिदिए ” म हास्न थाले अनि बालाई सोधे के थ्यो बा तेस्मा ? यो बेला सम्म बा तिरिमिरी झ्याँ भैसक्या थिए अनि बा भनछन् ” तेस्तै त हो, माया प्रेमका कुरा हरु ” ” मोरीलाई आफ्नो मनको सबै कुरा लेखेर दिए, उनको मुस्कानको प्रसंसा गरे, उनको बोलीको मिठासको कुरा गरे तेस्तेइ तेस्तेइ गरे । अब सुन्न याँ, पत्र त दिए अब तेरो बाउलाई रात भरि निन्द्रा लाग्या हैन । घरि एता फर्किन्छु घरि उता फर्किन्छु, छट्पट हुन्छ है, के भन्ने होला भनेर सुत्न सक्या हैन । भोलि पल्ट बिहानै न्वाइध्वाई गरे, दात माजे, तेरो korean हजुरबाले ल्याइदिएको लुगा लाए अनि गम्मक्क भएर पसलमा बसे । मोरी आउदै आइन । ” ल टेन्सन भएछ त – reject भा हो बा ?

“भोलि पल्ट को कुरा हो । बिहानै तेरो हजुरबाले मलाई खाटमै लातले स्वागत गरे । बुडाले साँसै नफेरी कुटे । “तँलाई जवानी चड्याछ खुब हैन, गाउँको केटि जिस्काउँदै हिडछस हैन ” भन्दै बाले कुट्नु सम्म कुटे । मोरीले आफ्नो बालाई भन्दिछे अनि तेस्का नारदमुनी बाले मेरो hitler बा लाई।त्यो दिन बाट तेरो बाले कहिले कलम समायेन । पछि एक डेड वर्ष पछि उसको बिहेको निम्तो आयो अनि तेरो बाउले गएर दुइ थाल मासु भात बजार आयो ।”

“कहिले काही अज्जै पनि मोरीको मुस्कान याद आउँछ अनि संगसंगै याद आउँछ तेरो हजुरबाको कुटाइ । के भन्छौ नि तिमीहरु crush । हो तेइ थि मोरी मेरो – मैले कोशिस गरे, असफल भयो । सबै कुराले केहि न केहि सिकाउँछ रे, मोरीले मलाई मुरली टन्न सिकाइ, अनि तेरी आमाले मलाई रक्सि खान सिकाइ । ”

अनि म पनि हाँसदै बालाइ सोधे “अनि बा यो खैनी चै कसले सिकायो ?” अनि बा पनि हाँसदै भन्छन “त्यो तेरो अर्को ब्रेअक-उप को दिन सुनाम्ला । आजलाइ एति ”

आँफु पनि उही जडिया बाको छोरा परियो मनमनै त भोलिनै अर्को ब्रेअक-उप गरम जस्तै लाग्यो । केहि नभएपनि ५-६ पेक त खान पाइन्छ । बा कोठा तिर जाने बित्तिकै फेरी बाको मुरली सल्कार मनमनै चन्द्रमुखिलाई सम्झिएँ । भन्छन नि पडायो पडायो पाठ १६ दुना ८ . अनि जसै जसै आगो सल्किदै गयो मैले पनि सोच्दै गए

होला सायद मेरा बा जडिया हुन् | त्यसैले त सधैँ लड्दै लड्दै, कहिले रुदै कहिले हास्दै, समाजका प्रस्न हरुलाई कुट्दै, आफ्नो स्वाभिमानलाई पिउदै हरेक दिन मातमा मलाइ हुर्काइ रहनु भएको छ |

मेरो Break-up अनि मेरो बाउको love -story
अंकित अर्याल (हाल अमेरिका )


Loading comments...