साउदी अरबले यसवर्ष मक्काको ब्यापक सरसफाई गर्ने


कोरोना भाइरसको प्रभावले देशहरु ठप्प अनि तनावग्रस्त भएको अवस्थामा साउदी अरबले यसवर्ष उम्रा र हजका लागि पनि बिदेशी तिर्थयात्रुलाई भिसा नदिने भएको छ । अब यस वर्ष मक्का मदिनामा एतिहासिक शून्यता हुने तय भएको छ, यसै शून्यताको अवसरमा साउदी अरब सरकारले पवित्र मक्काको गहिरो सरसफाई गर्ने भएको छ । प्रत्यक दिन करिब १३५०० प्रार्थना पत्रहरु हटाइने साउदी प्रशासनले जनाएको छ, यी प्रार्थना पत्रहरु झिक्नलाई स्टेरिलाइजेशन स्टाफहरु बिशेष सुरक्षासहित तैनाथ रहनेछन् । मक्काको सरसफाई मुख्य जावेर विदानीले साउदी प्रेसलाई जानकारी दिँदै यसवर्ष मक्काको डिप क्लीनीगं गरिने बताए, छिमेकी देश ईरानमा चीनपछिको सर्वाधिक धेरै कोरोना भाइरसको संक्तमण देखिएपछि साउदी थप त्रास र चपेटामा आएको हो ।

लाइभमाण्डु


Loading comments...