सामाजिक सञ्जाल नचलाउने संकेत गरेका मोदीले के भारतको आफ्नै सामाजिक सञ्जाल घोषणाको तयारी गर्दैछन्?


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो ट्वीटमार्फत के भन्न खोज्दैछन्, उनको इच्छा के हो, उनकै ट्वीट हेर्ने हो भने यसका लागि उनले आगामी आइतवारसम्म कुर्नुपर्ने हुनसक्छ । के आगामी आइतबार आफ्नो सामाजिक सञ्जालका विकल्पका बारेमा कुनै ठूलो घोषण गर्दैछन? भारतले प्रविधिगत क्षेत्रमा गरेको विकास तथा त्यस क्षेत्रमा सरकारले दिएको उत्प्रेरणा अन्तर्गत कुनै भारतीय सञ्जालबाट मात्र उनको दैनिकी तथा विभिन्न गतिविधिलाई मूलधारमा ल्याउन खोजिएको त हैन? उनको ट्वीटले राजनीतिक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच बिभिन्न अड्कलबाजी हुनथालेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्मबाट विदा लिने मनसाययूक्त उनले मार्च २, २०२० राती ९ः११ मा गर्नुभएको ट्वीटमा लेखिएको छ, “आउने आइतवार फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा यूट्यूबको सामाजिक सञ्जालबाट बाहिर निस्कने सोचमा छु । तपाईंहरुलाई पोष्ट गरिरहनेछु ।” वहाँले आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डलबाट यस बारे जानकारी दिएका छन् ।

पोष्टको अन्त्यमा “तपाईंहरुलाई पोष्ट गरिरहनेछु” लेखेका मोदीले अन्य कुनै आफ्नै भारतीय सामाजिक सञ्जालको प्रयोग गर्नेछु भन्ने आशयतर्फ वहाँको ट्वीट हो अथवा के हो त्यसका लागि आगामी आइतवारसम्म कुर्नैपर्ने हुन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको यो ट्वीट भारत तथा दक्षिण एसियाका छिमेकी देशहरुमा एक किसिमले कौतूहलताको विषय बनिदिएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो पहिलो कार्यकालबाटै सामाजिक सञ्जाललाई आफ्नो तथा पार्टीको गतिविधिहरु सार्वजनिक गर्नका लागि पहिलो प्राथमिकतामा राख्दै आएका थिए । आफ्ना भाषण तथा स्ट्याटस पोष्टहरुबाट जहिले पनि अन्तिम् क्षण सरप्राईज दिने गरेका मोदीले यस पटक यदी यो ट्वीटको अर्थ खोजने हो भने यस्तै कुनै सरकारी सामाजिक सञ्जाल प्लाटफर्मको संकेत गर्नुभएको हुनसक्छ अवश्य कुनै रचनात्मक सामाजिक सञ्जालको आफ्नै प्रविधि भारतले सार्वजनिक गर्दैछ, जसको तयारीस्वरुप मोदीको यो ट्वीट आएको हुनसक्छ ।


Loading comments...