कोरोना भाइरस सम्बन्धी सर्वाधिक खोजिएका ५ प्रश्नोत्तर


गुगलमा विश्वभरिबाट कोरोना भाइरससंग सम्बन्धीत प्रश्नहरुको ट्रेन्ड हेरेर यो आलेख बनाइएको हो । ७३ देश र ६ महादेशमा यो भाइरसको संक्रमण देखिएको छ, ९० हजार भन्दा बढि संक्रमित र ३०० भन्दा धेरैको मृत्यु भएको यस भाइरस आजको महामारी हो । यसबारे जान्नु हाम्रो आवश्यक्ता र सबैलाई बताउनु हाम्रो दायित्व हो ।

कोरोना भाइरसका लक्षणहरु के के हुन ?

ज्वरो, थकान र सुख्खा खोकी यसका मुख्य लक्षणहरु हुन् । संक्रमण पछिको तथ्य हेर्दा संक्रमितमध्य करिब १८ प्रतिशतलाई निमोनिया भएको पाइएको छ , ५ प्रतिशतलाई गम्भीर रोग र अगंहरुमा संक्रमण देखियो भनें संक्रमीतहरुमध्य ८० प्रतिशतलाई यस संक्रमण सामान्य नै देखिएको विश्व स्वास्थ संगठनको ठहर छ ।

कोरोना लागेपछि मृत्यु हुन्छ त ?

हुनसक्छ तर मृत्युदर कूल संक्रमणको २ प्रतिशत मात्र देखिएको ठहर छ । चीनका ४४ हजार बढि संक्रमीत केसहरु उपर गरिएको अध्ययनमा विश्व स्वास्थ संगठनले फेब्रुअरी १७ मा निकालेको रिपोर्टको साभार गरिएको हो । उच्च रक्तचाप, हृदयरोग र मधुमेह भएकाहरुमा यो रोगको संक्रमण धेरै देखिएको छ ।

भाइरस कतिको सरुवा छ ?
अत्यन्त सरुवा मान्छेहरु बाट मान्छेहरुमा सर्ने धेरै खतरा छ । संक्रमितले छोएको सतह देखि खोकी सम्मबाट पनि सर्न सक्ने भएकाले नोवल कोरोनाका सर्ने संभावना धेरै नै छ । संक्रमितहरुले छोएका सतहहरुमा केहि घण्टा देखि केहि दिनसम्म पनि यस भाइरसका जिवाणुहरु रहन सक्नेछन् ।

कुकुर तथा बिरालोहरुबाट कोरोना संक्रमण हुन कतिको संभव छ ?
बिल्कुलै छैन । तर यस्तो संक्रमणकालिन समयमा कुकुर विरालोहरुको प्रत्यक्ष सम्पर्कमा आउनु, भएका घरपालुवाहरुको उचित सर-सफाई नहुनु भने च

यसको उचार ?
कोभिड १९ को उपचार छैन यद्धपी सर्पोर्टिभ केयर गरिने हो भनें यसको संक्रमणबाट माथि उठ्न र नैरोग्य रहन सकिन्छ ।


Loading comments...