Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२० फाल्गुन २०७६, मंगलवार २२:३४

काठमाडौं, १८ फागुन । ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने ३२ वर्षीय रमेश बडुलाई ललितपुर नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७५ कात्तिक १६ गतेको फैसलाले ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै रमेशले नेपाली सेनामा कार्यरत एक कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भनी बिश्वास दिलाई २ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जनासँग २४ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

रमेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गरेका छन् । बिहीबार जङ्गी अड्डामा आयोजित दुई दिने

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff Course (AACSC) सि.सं. ३ का ५० जना

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन्