इरानमा कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न स्वास्थ सामाग्री पठाउँदै विश्व स्वास्थ संगठन


६६ जनाको ईरानमा कोरोना भाइरसका कारणले मृत्यु भइसकेको अवस्थामा चीनपछि यस भाइरसको सर्वाधिक संक्रमण ईरानमा भएको हो, सोमबार विश्व स्वास्थ संगठनले आफ्नो पहिलो जहाजमा स्वास्थ सामाग्री लोड गरेर इरान पठाइसकेको जनाएको छ ।

७ दशमलव ५ टन स्वास्थ सामाग्री र ७ जना चिकित्सक सहितको टोली तेहरानका लागि उडेको हो । यूएईको मिलिटरी जहाजमा यि स्वास्थ्य बन्दोवस्तीका सामानहरु तेहरान पठाइएको दुबईमा अवस्थित विश्व स्वास्थ संगठनका कर्मचारी रोवर्ट व्लानचार्डले बताएका छन् ।

इरानको स्वास्थ निकायको डाटा अनुसार अहिलेसम्म त्यहाँ १५०१ जनालाई नोवल कोरोनाको संक्रमण पुष्टि नै भएको छ । दक्षिण कोरियामा ४ हजार ३ सय व्यक्तिहरुमा संक्रमण भएको पाइएपनि १९ जनाको मात्र मृत्यु भएको पाइयो भने ईरानमा संक्रमणबाट भएको मृत्युको संख्या त्यस क्षेत्रमा उच्च पाइएको छ ।


Loading comments...