भारतीय राजदूत श्री विनय मोहन क्वात्राद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण-पत्र पेश


काठमाडौं । नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारी समक्ष पेश गर्नुभयो ।

उहाँ नेपालका लागि २५औं राजदूत हुनुहुन्छ । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त हुनुभएको हो ।

वहाँले आजै उपराष्ट्रपति निवासमा उपराष्ट्रपति नन्दकिशोर पुनसँग अपरान्ह ४ बजे शिष्टाचार भेट गर्नुभएको छ ।

क्वात्रालाई भारतीय विदेश मन्त्रालयले जनवरी ३० मा नेपालका लागि राजदूत नियुक्तिको निर्णय सुनाएको थियो । उनै क्वात्रा फ्रान्सबाट कतार हुँदै गत आईतवार बिहान ११ बजे कतार एयरवेजकोको फ्लाइट Qr-652 बाट काठमाण्डौ आउनुभएको थियो ।

March 1, 2020

https://livemandu.com/13910/


Loading comments...