चीनपछि ईरानभन्दा धेरै ईटालीमा कोरोना भाइरसको संक्रमण


पश्चिमा देशहरुमा पनि कोरोनाको प्रभाव बढ्दो पाइएको छ, ईटालीमा त कोरोनाले ७९ जनाको मृत्यु भइसकेको छ । ईरान चीनपछिको सर्वाधिक कोरोना संक्रमण भएको देश मानिएको थियो जहाँ ७७ जनाको हालसम्म कोरोनाको कारणले मृत्यु भइसकेको छ तर अब ईरानलाई ईटालीले उछिनेको छ । विश्वभरि ९२,००० भन्दा धेरै कोरोना संक्रमणका केसहरु पुष्टि भइसकेका छन् भनें ३११० जनाको मृत्यु विश्वभरि भइसकेको छ भनी विश्व स्वास्थ संगठनले बताएको छ ।

यसबाट बच्नका लागि स्वास्थकर्मीहरुले प्रयोग गर्नुपर्ने चश्मा, पञ्जा र मास्क लगायतका कुराहरुको पूर्तिमा भएको कालाबजारीका विषयमा पनि विश्व स्वास्थ संगठनले चासो देखाएको छ । उता वासिंगटन अमेरिकामा पनि २७ जनाको पुष्टि भइसकेको केस छ भनें ९ जनाको मृत्यु त्यहाँ भइसकेको बताइएको छ ।

चीनमा घट्दो बताइएको कोरोना पश्चिममा बढ्दो पाइन थालेको छ, चीनबाट शुरु भएको यो संक्रमण क्रमश ईरानमा टेक्दै अब पश्चिममा पनि पुगिसकेको छ । अमेरिकाले कोरोना प्रभावित हटस्पट ठाँउहरुमा ट्राभल ब्यान गर्ने ट्रम्पले संकेत सम्म दिइसकेका छन् । अल्जेरियाले पनि ३ वटा कोरोनाको केस पुष्टि गरिसकेको छ भनें स्पेनमा यस संक्रमणले एकजनाको मृत्यु नै भइसकेको छ ।  यूरोपमा हात मिलाउन बन्द गरिएको छ, मान्छेहरु भेट्दा एकआपसमा अब हात नमिलाउने क्रम शुरु गरिएको हो । कोरोनाले अब पश्चिमा देशहरुलाई आक्रान्त बनाउने क्रम शुरु भएको त हैन ? यस विश्वव्यापी महामारीलाई कसरी ब्यबस्थापन गर्ने भन्ने विषय चाँही अहिले विश्वका लागि चुनौती नै भएको छ ।

लाइभमाण्डु

 


Loading comments...