ताजा अपडेटः कोरोनाभाइरस (COVID-19) – विश्वका कुन देशमा संक्रमितको संख्या कति र मृत्यु कति?


कोरोनाभाइरस (COVID-19) को सङ्क्रमण विश्वभर फैलिने क्रम जारी छ । कोरोनाको उदगम मानिएको र अत्यधिक संक्रमित तथा मृतक संख्या अत्यधिक देखिएको चिनको वुहान शहरको जीवन अझै बन्दकोठा नै सिमित भएको छ भने इरान, दक्षिण कोरिया तथा रोम (इटली) मा संक्रमीत र मृत्युको संख्या ह्वात्त बढेको छ ।

आज ५ मार्च २०२० नेपाली समय अनुसार रातको ११ः३० बजेसम्ममा विश्वभर झण्डै ३,२८० जनाको मृत्यु भइसकेको छ भने ९५ हजार २७० जना मानिस सङ्क्रमित भेटिएका छन् ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । एकाएक संक्रमणमा परेकाहरुको मृत्युको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय आजै इटलीले गरेको छ ।

कोरोनाभाइरसको संक्रमणमा परि बिरामी भएका तथा मृत्युवरण गर्नेहरुको सर्वाधिक सङ्ख्या चीनमा छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीका घोषणा गरेको छैन । तर बुधवार जर्मनीका स्वास्थ्यमन्त्रीले अब उक्त भाइरस सङ्क्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताएका छन् ।

विश्व स्वास्थ्य क्षेत्रको लागि जटिल उत्तर बनेको कोरोनाभाइरसबाट संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यसबारे ताजा जानकारी विश्व स्वास्थ्य सङ्गठनको ताजा (२०२० मार्च ५) तथ्याङ्कसहितको यस नक्शामा ।

यो तथ्याङ्क सहितको नक्सा ‘विश्व स्वास्थ्य सङ्गठन’को आधिकारीक वेबसाइटबाट साभार गरिएको हो र यो सामाग्री हरेक दिनको लागि ताजा तथ्याङ्क नहुन पनि सक्छ ।

सङ्क्रमण मृत्यु
चीन ८०,५६५ ३,०१५
दक्षिण कोरिया ५,७६६ ३५
इटली ३,०८९ १०७
ईरान २,९२२ ९२
डायमन्ड प्रिन्स जहाज ७०६
जापान ३१७
फ्रांस २८५
जर्मनी २६२
स्पेन २००
संयुक्त राज्य अमेरीका १२९
सिंगापुर ११०
संयुक्त अधिराज्य ९०
स्विजरल्याण्ड ५७
कुवेत ५६
मलेशिया ५०
बहराइन ४९
थाईलैंड ४७
अस्ट्रेलिया ४३
चाइनीज ताइपेई ४२
नेदरलैंड्स ३८
इराक ३६
स्वीडन ३५
नर्वे ३३
क्यानडा ३०
अस्ट्रिया २९
भारत २९
संयुक्त अरब इमिरेट्स २७
आइसलैंड २६
बेल्जियम २३
सैन मरीनो १६
भियतनाम १६
इजरेल १५
ओमान १५
लेबनान १३
अल्जीरिया १२
डेनमार्क १०
क्रोएशिया
ग्रीस
कतार
इक्वेडोर
फिनलण्ड
बेलारूस
चेक गणतन्त्र
मेक्सिको
पाकिस्तान
पोर्चुगल
रोमेनिया
सेनेगल
अजरबैजान
ब्राजील
जोर्जिया
फिलीपिंस
रुसी फेडरेशन
इजीप्ट
एस्टोनिया
हंगेरी
इंडोनेशिया
आयरलैंड
न्यूजीलैंड
सऊदी अरब
अफगानिस्तान
एण्डोरा
अर्जेंटीना
आर्मीनिया
कंबोडिया
चिली
डोमिनिकन रिपब्लिक
जोर्डन
लात्भिया
लिथुएनिया
लक्जमबर्ग
मोनेको
मोरक्को
नेपाल
नाइजीरिया
एफवाईआर मेसेडोनिया
पोलण्ड
स्लोभिनिया
श्रीलंका
ट्यूनीशिया
यूक्रेन

 


Loading comments...