कोरोना भाइरसले मुसलमान प्रार्थनाको तवरलाई परिवर्तन गरिरहेको छ


सिंगापुरमा मस्जिद प्रार्थना आउने मुसलमान समुदायलाई आफ्नै बस्ने चटाई वा गुन्द्री लिएर आउनुपर्ने नियम लागु गरिएको छ भनें साउदी अरबले यसवर्ष उम्रा प्रार्थना र हजलाई निषेध गरिएको छ, बिदेशबाट तिर्थालुहरु साउदी छिर्न नपाउने प्रावधान बनाइएको छ । ईरानले शुक्रवार प्रार्थनालाई बन्द गरिदिएको छ ।

जे होस् कोरोनाले मान्छे र जनावरको समबन्ध अनि विश्वभरिका मान्छेहरुको एकआपसमा भेट्दा गर्ने साधुवादको क्रम र चलनमा हात मिलाउने चलन रोकिएको छ भनें धर्म अनि धार्मिक भेलाहरुको चलनमा पनि निकै परिवर्तन गरेको छ ।

विश्वभरिका मान्छे भिँडभाड भन्दा पर रहन थालेका छन्, यात्रा रोकिएका छन् र घरका चार दिवार भित्रै मान्छेहरु त्रासमा बस्न थालेका छन् । बिभिन्न चाडपर्व देखि धार्मिक परम्परामा पनि देशहरु स्वयमले धमाधम परिवर्तन गर्न थालेका छन् । सिंगापुरले शुक्रवार प्रार्थनामा आउने मुसलमान समुदायका मान्छेहरुलाई हात नमिलाउन र आफू बसेर प्रार्थनागर्ने आफ्ना चटाई आँफै ल्याउन उर्दी जारी गरेको छ । हात धुन अनि त्यसपछि धोएको हातले आफ्नो अनुहार नछुन पनि सिंगापुरका एक मुसलमान नेताले आव्हाान गरेका छन् । १०० वटा कोरोनाका केसहरु सिंगापुरमा पुष्टि भइसकेका छन् र तिमध्य अधिकांश निको भएर घर फर्केको बताइएको छ ।

बेलायतले मुसलमान समुदायलाई हाइजिन एडभाइस अर्थात स्वास्थ आग्रहहरु पालना गर्नुपर्ने उर्दी जारी गरेको छ । ८७ जना कोरोना संक्रमणको केस पुष्टि भइसकेको बेलायतमा मुसलमान मदरसा र मस्जिदमा हात धुने, पानी पिइरहने र हात नमिलाउने लगायत अन्य केहि हाइजिन आग्रह जारी गरेको हो ।

ताजाकिस्तानमा अहिलेसम्म कुनै कोरोनाका केस पुष्टि भएको छैन यद्धपि त्यहाँ शुक्रवार प्रार्थना बन्द गरिएको छ । कोरोनाले रहनसहन, चलन, परम्परा र धर्म सर्वत्र प्रहार गरिरहेको छ ।

सुयोग ढकाल
लाइभमाण्डु

हात धुन किन जरुरी छ ?

चीनपछि ईरानभन्दा धेरै ईटालीमा कोरोना भाइरसको संक्रमण

इरानमा कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न स्वास्थ सामाग्री पठाउँदै विश्व स्वास्थ संगठन


Loading comments...