न्यू योर्कमा कोरोना भाइरसका केसहरु बढ्दै


अमेरिकाको ब्यस्त शहर न्यूयोर्कमा लाखौं मान्छेहरु प्रतिदिन ओहोरदोहोर गर्दछन्, सव वे को मेट्रो प्रयोग गरेर आफ्नो दिनचर्याम निस्कने मध्यमवर्गिय जनसंख्या धेरै भएको यस शहरमा अहिले कोरोना भाइरसको पुष्टि भएको २२ केसहरु भइसकेका छन् । त्यहाँको सार्वजनिक यातायात संयन्त्रमा दैनिकरुपमा विशेष सरसफाई गरिने अभ्यासहरु जारी राखिएको छ ।

न्यूयोर्कमा २७७३ जनाहरुलाई क्वारेन्टाइनमा राखिएको छ, केहि सर्वसाधरणहरुले त आफूमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि आफैैंले आफूलाई आइसोलेशनमा राखेको पनि बताइएको छ । यसरी आफूले आफूलाई आइसोलेशनमा राखेका मान्छेहरुलाई राज्यले सकेसम्म आफूलाई अरुहरुसंग परै राख्न र सार्वजनिक ठाँउमा नआउन सुझाव दिएको छ ।

लाइभमाण्डु


Loading comments...