
चिनको फुजियानमा कोरोनाभाइरस संक्रमणको उपचार गराइरहेका बिरामी रहेको होटल खस्यो, उद्दार जारी
२४ फाल्गुन २०७६, शनिबार २३:१०
चिनको फुजियान प्रान्तबाट एउटा दुखद् दूर्घट्नाको खबर आएको छ । कोरोनाभाइरस संक्रमणको उपचार गराइरहेका ७० जना संक्रमितहरु रहेको होटल खसेको छ । आज साँझ पौने ८ बजे आसपास सिनजिया नामको त्यस होटल खसेको हो ।
चिनको आधिकारिक मेडियाहरुमा कुआनजो शहरस्थित सिनजिया नामको त्यस होटल शनिबार खस्न पुग्यो र त्यस घटनामा परेर भग्नावशेषमा कम्ती ७० जना रहेको हुनसक्ने बताएको छ । प्राप्त जानकारी अनुसार ८० कोठे त्यस होटलमा कोरोनाभाइरस पीडित बिरामीहरुको उपचार भइरहेको थियो । घटनाको तत्काल नै ब्यापक स्तरमा उद्दार अपरेशन शुरु भएको छ । उद्दारबाट अहिलेसम्म २३ जनालाई भग्नावशेषबाट बाहिर निकालिसकिएको छ भने अझै धेरै मान्छे भग्नावशेषमा फसेको हुनसक्ने जानकारी प्राप्त भएको छ ।
Suddenly; a hotel in Nanhuan Road, Licheng District, Quanzhou collapsed! It is said to be a hotel in the quarantine point. Some personnel were buried at the scene. Rescuers have rushed to the scene to search and rescue. Xiamen fire emergency dispatch reinforcements! pic.twitter.com/ksRgaxlvVg
— Harry Chen PhD (@PhdParody) March 7, 2020
भग्नावशेष हटाउने र त्यसबाट दूर्घटनामा परेका मानिसहरुलाई सकुशल बाहिर निकाल्ने कार्यहरु तिब्र गतिमा भइरहेका छन् । ट्वीटरमा सार्वजनिक ताजा भिडियोमा बैजनी रङ्गका कपडा लगाएका उद्दारकर्मीहरु भग्नावशेषमाथी चढिरहेको देख्न सकिन्छ ।
८० कोठा रहेको त्यस होटल सन् २०१८ को जुनदेखि सञ्चालनमा आएको थियो र हाल त्यसलाई कोरोनाभाइरसको संक्रमणमा रहेका चिनिया नागरिकहरुलाई उपचारका लागि प्रयोगमा ल्याइएको थियो ।
फुजियान प्रान्त सरकारद्वारा शुक्रवार जारी गरिएको तथ्यांक अनुसार त्यहाँ कोरोनाको कूल २९६ बिरामी थिए भने दश हज्जार संदिग्ध बिरामीहरुलाई उच्च स्वास्थ्य सतर्कताभित्र राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन