कोरोना सजगताः ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२० को लागि भिडियो पठाउने समय ३० दिन थप


हामी उठ्ने छौं (We Will Rise Foundation)को आयोजनामा हुने राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० मा सहभागीताका लागि यही मार्च ९ अर्थात फागुण २६ गते अन्तिम् मिति भनिएकोमा विश्व स्वास्थ्य समस्याका रुपम देखिएको कोरोनाभाइरस (COVID-19) बारे सजगता तथा संवेदनशीलतालाई ध्यानमा राख्दै फाउण्डेशनले सहभागिताका लागि भिडियो पठाउन मिल्ने समयावधीमा एक महिना थप गरिएको बताएको छ ।

फाउण्डेशनले भिडियो पठाउने अन्तिम् मिति बारे आकस्मिक बैठकमार्फत् प्रेस वक्तव्य जारी गरेको छ । परियोजना संयोजक एवम् ‘हामी उठ्ने छौं’ का संस्थापक निर्देशक निर्मल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “सर्वप्रथम त ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी हुनुभएका अनुपम प्रतिभाहरुमा वि विल राइज फाउण्डेसन हार्दिक नमन गर्दछ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ओझेलमा परेका तर पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका स्थान, पर्व, कला संस्कृति, जातिय पहिचान, प्राकृतिक–धार्मिक–भूगर्भिक–सांस्कृतिक सम्पदाहरुको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले आरम्भ भएको यस भिडियो प्रतियोगितामा सहभागी हुने समय भोली मार्च ९ अर्थात् फागुन २६ गते समाप्त हुँदैछ ।

तर वर्तमान परिप्रेक्क्ष्यमा विश्व स्वास्थ्य स्थिति, अन्तर्राष्ट्रिय जगतले गरेको आह्वान र अपनाउनुपर्ने सजगताका विषयहरु साथै केही प्रतियोगीहरुको भिडियो पठाउने समय थप गर्ने अनुरोध तथा सल्लाहलाई मध्यनजर गर्दै प्रतियोगितामा भिडियो पठाउने समय थप ३० दिन बढाउने निर्णय गरेका छौं ।
यसर्थ, आगामी चैत्र २६ अर्थात् अप्रिल ८ सम्म यहाँले ‘मेरो गाउँ, मेरो ठाउँ’ प्रतियोगितामा सहभागी भई भिडियो पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि वि विल राइज फाउण्डेशनको फेसबुक पेज र वेबसाइट अध्ययन गर्न सक्नुहुनेछ ।”
——————————
➡️थप जानकारीका लागि
https://wwrf.org.np/video-challenge-2020/
YouTube: https://www.youtube.com/wewillrisefoundation
****************
निर्मल श्रेष्ठ
परियोजना संयोजक एवम् संस्थापक निर्देशक
वी विल राईज फाउण्डेसन
सम्पर्क : मोबाइल : ९८५११२०४८७, ९८१३२०७४८७

मुकुन्द बोगटी
संस्थापक निर्देशक
वी विल राईज फाउण्डेसन
सम्पर्क : मोबाइल : ९८४१३५१८१८
#wewillrise #videochallenge #merogaunmerothau #VisitNepal2020 #experienceNepal


Loading comments...