साउदीका राजकुमारले आफ्नै काकालाई पक्राउ गरे


साउदी राजपरिवारका ३ जना महत्वपूर्ण सदस्यहरुलाई पक्राउ गरिएको छ, खबरअनुसार राजकुमार मोहम्मद विन सलमानले आफ्नो विरुद्ध षडयन्त्र गरेको आरोपमा भतिजा र काकालाई समेत पक्राउ गरेका छन् । राजकुमार अव्दुल्लाह अल साउद राजकुमार सल्मानका आफ्नै भाई हुन् र काका राजकुमार बिन नायफलाई समेत पक्राउ गरिएको हो । व्ल्याक क्लाड रोयल आर्मीले राजपरिवारका यि महत्वपूर्ण सदस्यहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैजनालाई राजकुमार र राजालाई अपदस्त गर्न षडयन्त्र गरेको आरोप छ, साउदीका डि फ्याक्टो शाषक भनेंर चिनिएका राजकुमार सल्मानको यो कदमले अहिलेको राजपरिवारलाई झनै बिभेद गर्ने पनि अड्कल गरिएको छ । यिनीहरुलाई जिवनकैद, सर्वस्व या दुबै या मृत्युदण्ड पनि हुनसक्ने बताइएको छ ।

सन् २०१८ मा अमेरिकामा बसोवास गर्ने साउदी राजपरिवार मुलका पत्रकार जमाल खग्गोशीको टर्कीमा भएको हत्यामा प्रत्यक्ष संलग्न देखिएको भनेका साउदी राजकुमार सल्मान आफ्ना ८४ वर्षिय पिताको शाषन पछिको साउदीका सत्ता बाघडोरका उत्तराधिकारी हुन् ।

लाइभमाण्डु


Loading comments...