
होलीका दहन ईतिहास र ज्योतिषशास्त्रमा लेखीएको फल
२७ फाल्गुन २०७६, मंगलवार ०७:२१
“होली” को अर्थ क्रोध र “का” को अर्थ नाश/वश गर्नु हो । होलीका भनेको आफ्नो क्रोधलाई नाश गर्नु भन्ने अर्थ लाग्छ । आफ्नो क्रोधलाई बसमा राखेर हर्ष उल्लासका साथ एक अर्का प्रतिको सम्बन्ध राम्रो बनाई राख्न र क्रोधलाई भुलेर मुस्कान छर्नको निम्ती मनाइने पर्व होली हो ।
श्रीमद्भागवत माहापुराणको सप्तम स्कन्धमा होलीका नाम गरेको अशुर (दानव राज हिरण्यकश्यपुरको बैनी) ले आफ्नो शक्तिको दुरुपयोग गरेर भक्त प्रहलादलाई आगोमा राखी मार्न खोज्दा भगवान बिष्णुको कृपाले प्रहलादलाई केही भएन तर होलीका आफैं नासीन पुग्छीन् । जसलाई होलीका दहन पनि भनिन्छ । उक्त अग्नि ज्वालाबाट विभिन्न रङहरु उड्न थालेको र राक्षसिको वद गरेर भक्तको संरक्षण भएकोले गर्दा उक्त दिनलाई उत्सवको रुपमा मनाउन थालीएको हो । यसै दिनलाई होलीका दहनको रुपमा चिनिन्छ र यसैको हर्ष उल्लास स्वरुप होली पर्व मनाउन थालीएको हो ।
भागवत पूराणको सप्तम स्कन्दमा होलीका दहनको स-बिस्तार व्याख्या पाइन्छ ।
होलिका धुम फल
“पूर्वेवायु: होलीकाया: प्रजाभुपालयो: सुखम्
पलायनं च दुर्भिक्षं दक्षिणे जायते ध्रुवम् ।
पश्चिमे तृणसंपत्तिरुत्तरे धान्यसंभव:
यदिखेचशिखावृद्धिदुर्गराज्ञोऽपि संक्षयेत् ।।” शिघ्रबोध
अर्थात: होलीका दहनको दिनमा पूर्वको वायु चलोस् ता राजा प्रजा दुवैलाई सुख होस् । दक्षिणको वायु चले देशमा दुर्भिक्ष, पश्चिमको वायु चले तृण सम्पत्ती बढोस्, उत्तरको वायु चले धान्याको वृद्धि होस् । धुँवा सिदै आकाश तिर गए राजा तथा देशको किल्लाको नाश गर्दछ ।
सम्पुर्ण महानुभाव हरुमा होलीको शुभकामना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास