के कोरोना भाइरसको असर केटकेटीमा कमजोर छ?


केटकेटी पनि कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुन सक्दछन् । अहिलेसम्म सबैभन्दा कम उमेरको संक्रमित बालक एक दिनका थिए ।

केटकेटीमा COVID-19 को लक्षणहरुबारे अत्यन्तै कम जानकारी र सूचनाहरु छन् तर भेटिएका लक्षणहरुमा हल्का-फुल्का समस्याहरु देखिएका छन् जस्तै की सामान्य ज्वरो, नाक बग्ने तथा खोंकी ।

स-साना नानीहरु पनि यसबाट बिरामी हुन सक्दछन् । फ्लूको विषयमा पनि यहि हुने गर्दछ जसमा पाँच वर्षभन्दा कम उमेरका (विशेषतः दुई वर्षभन्दा कम) उमेरका केटकेटीहरुलाई बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।

डाक्टरहरुका अनुसार, “मानिसहरु उमेर बढेसँगै बिरामी हुने हुन्छन् कीनकी बढ्दो उमेरसँगै उनीहरुको रोग प्रतिरोधक क्षमतामा क्रमशः कमी हुँदै जान्छ ।”

अध्ययनका अनुसार जेष्ठ्य नागरिकहरुमा या पहिलेबाटै बिभिन्न रोगहरुको सामना गरिरहेका रोग प्रतिरोधक क्षमता भएका गम्भिर विरामीहरु जस्तै दम इत्यादीका रोगीहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । तर केटकेटीहरुमा यस COVID-19 को असर हल्का मात्रै भेटिएको छ ।

के केटकेटीको रोग प्रतिरक्षा प्रणाली राम्रो हुन्छ?
हो, एउटा बच्चा र व्यस्क मानिसबिच रोग प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण अन्तर हुनेगर्दछ ।

केटकेटीमा हाम्रो प्रतिरक्षा प्रणाली अपरिपक्व हुने भएकोले त्यसले शरिरलाई चाहिएको खण्डमा अति प्रतिक्रिया दिने गर्दछ । त्यसकारण केटकेटीमा ज्वरो हुनु सामान्य हो ।

प्रतिरक्षा प्रणाली अति सक्रिय हुनु पनि ठीक हुन्न किनकी यसले शरीरको बाँकी भागहरुमा क्षती पुर्याउने सक्छ । कोरोना भाइरस यति घातक हुनु पनि एक मुख्य कारण हो ।

चिकित्सकहरुका अनुसार, “तपाईंलाई लाग्छ की यो अझै समस्यातर्फ अघि बढ्दैछ तर, यहो हुन्न । यो भाइरसले अवस्य पनि यस्तो केही गरेको छ जसले बच्चाहरुको प्रतिरक्षा प्रणाली उत्तेजित हुन्न तर वास्तवमैं यस्ले गर्न चैं के गर्छ त्यो कुरो स्पष्ट छैन ।”

तर, याद के राखौं भने केटकेटीसँग सम्बन्धीत कोरोनासँग जोडिएका कुनै स्पष्ट जानकारी अझै छैनन् ।

अनुवादः बिबिसी विश्व सेवा


Loading comments...