इरानमा अलपत्र कश्मिरी बिद्यार्थीहरुलाई भारतले उद्दार गर्ने, परिवारजनबाट भने बेवास्ताको आरोप


कोरोनाले त्रसित इरानमा भएका सबै बैदेशिक प्रतिनिधि र अन्य देशका नागरीकहरुको उद्दार कार्य धमाधम हुँदा त्यहाँ भएका कश्मिरी बिद्यार्थीहरुको उद्दारमा भारत सरकार उदासिन रहेको आरोप अभिभावकले लगाएका छन्

४५ वर्षिय मुस्कत अहमद कश्मिर श्रीनगरका हुन्, विगतका हप्तौं दिनबाट इरानमा रहेका यिनको छोरीको अवस्थाका लागि धेरै फोनहरु आइरहेका छन् । घरमा यिनको छोरीको स्वास्थ र सम्भावित संक्रमणका जोखिमको कारणले सबैजना त्रसित छन् । २३७ जना इरानीको ज्यान लिइसकेको यस भाइरसले इरानलाई चीनपछि इटाली अनि तेश्रो देशको सूचिमा राखेको छ । कश्मिरका धेरैजसो मेडिसिन पढ्ने बिद्यार्थीहरुले इरानलाई आफ्नो गन्तव्य छानेका छन् तर पछिल्लो समयमा इरानमा भएको यस स्वास्थ्य संकटको अवस्थाका कारणले गर्दा ति बिद्यार्थीहरु अलपत्र परेका हुन् ।

उनीहरुका अभिभावकहरुका अनुसार भारत सरकारले आफ्ना छोराछोरीलाई ईरानबाट उद्धार गर्न कुनै कदम नचालेको आरोप छ । मुस्कतकी छोरी इरानको शिरात शहरमा अध्यनरत छिन् । धेरैजना कश्मिरका बिधार्थीहरु शेरात र तेहरान विश्वबिद्यालयमा विशेषगरि एमबिबिएस अध्ययनरत छन्, मुस्कतले छोरीका लागि फेब्रुअरी २५ को टिकट पनि लिएका थिए तर इरानबाट आउने जहाजलाई भारतले रोक लगाएपछि उनकी छोरी आउन सकिनन् । धेरैसमयसम्म टिभी, फोन र नेटको सम्पर्कबाट बाहिर राखिएको कश्मिरमा जनवरी २५ मा मात्र स्लो स्पीड नेट जडान गरिएको हो ।

तेहरानमा भएको भारतीय दुतावासले हाम्रा छोराछोरीलाई आफ्नै खर्चमा अजरवैजान जान भनेको थियो तर बिद्यार्थीहरुसँग त्यति पैसा उपलव्ध छैन । उता भारत सरकारले भने ईरानी पक्षसँग कुरा गरेर त्यहाँ रहेका भारतीयहरुलाई फर्काउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।

गत मङ्गलबार मात्र इरानमा रहेका भारतीय तिर्थयात्रुलाई भारतले उद्दार गरेको र आगामी दिनमा शिघ्र ईरानमा रहेका भारतीय बिधार्थीहरुलाई पनि उद्दार गर्ने भारत सरकारले जनाएको छ ।


लाइभमाण्डु


Loading comments...