
कोरोना बिरुद्धको खोपको अनुसन्धानमा संलग्न साउदी महिला चिकित्सक
साउदी अरब एउटा लैगिंक समानता कम भएको देश मानिन्छ, पछिल्लो समयमा एकजना र्यापर महिलालाई पक्राउ गरेर साउदी प्रशासन झनै बिवादमा पनि आएको हो तर हालसालै अमेरिकामा रहेको एउटा विश्वस्तरिय फार्मा कम्पनीमा कारोना बिरुद्धको खोप पत्ता लगाउन सक्रिय साउदी महिला चिकित्सको साउदी अरब र विश्वभरि नै निकै प्रशंसा र चर्चा भइरहेको छ ।
उन्का अन्र्तवार्ताहरुमा भनिएका कोरोना बिरुद्ध बच्ने तरिकाहरु र तथ्यपनि निकै भाइरल भएका छन्, नहला ईशाक तिनै महिला चिकित्सक हुन जो अहिले अमेरिकाको मोडर्ना फार्मामा कार्यरत छिन् । उनी केहि अन्य बरिष्ठ चिकित्सक र शोधकर्ताको समुहमा अहोरात्र लागेर कोरोना बिरुद्धको खोप बिकास गर्न लागि परेकी छिन् । उन्का अनुसार केहि दिन अघि मात्र पहिलो ब्याचको खोप अमेरिकाको नेशनल इन्सटिट्यूट फर हेल्थमा क्लीनीकल ट्रायलका लागि पठाएको जानकारी दिएकी छिन् ।
अर्को महिना यि खोपहरु भोलेन्टीयर माथि ट्रायल गरिने उन्ले ट्वीटमा बताएकी छिन् । यसरी क्लीनीकल ट्रायलका लागि कुनै दबाब बिना स्वयम नै आफूमा परीक्षण गर्न दिन ४५ जना भोलेन्टीयर तयार भएको ईशाकले जनाएकी छिन्। यदि यो ट्रायल सफल भएमा आगामी सेप्टेम्बरबाट यस खोप सर्वत्र उपलव्ध हुने उन्को भनाई छ । अहिले साउदी नागरीकहरुमा यिनको चर्चा र लोकप्रीयता बढ्दो पाइएको बताइन्छ, विश्व स्वास्थ संगठनले पनि मोडर्ना फार्माको क्लीनीकल ट्रायल अप्रिलमा हुने बताएको छ, यदि यस ट्रायल सफल भइ अमेरिकी बिभागले पारित गरेमा विश्वले सेप्टेम्बर सम्मका कोरोना बिरुद्धको खोप पाउनेछ जस्मा यि साउदी चिकित्सकको पनि योगदान रहनेछ ।
लाइभमाण्डु