यहुदीहरुको इतिहास अनि जिसस, मोहम्मद रआजको इज्रेल


यो सहज कुरा चाँही हैन, आजको विश्वमा राज गरेका यि शक्तिशाली अनि टाठा यहुदीहरुको २ हजार वर्ष भन्दा पुरानो इतिहासलाई लेख्नलाई तर म प्रयास गर्दैछु । अब्राहमीक धर्मदर्शनको शुरुवात अनि अहिलेको इज्रेल प्यालीस्टाइनसम्मको कुराहरु जोड्दैछु , इतिहास यहुदीहरुको चाँही ५ देखि ६ हजार वर्ष पुरानो छ । १०० बिसीमा सालेमनले पहिलो टेम्पल बनाए, राजा डेभिडले यहुदीहरुलाई राज्य गर्दाताका डेभिडका पुत्र सोलेमनले बनाएको जेरुसलेमको पहिलो मन्दिर नै यहुदीहरुको अहिलेसम्मको सर्वाधिक पवित्र र पुरानो प्रार्थनास्थल हो । यहुदीहरुको लिखित इतिहास यहिबाट शुरु हुन्छ, इतिहासको बिभिन्न कालखण्डमा यहुदीहरुको हत्या र उनीहरुमाथिको दमनको श्रृखलाहरु भएको पाइन्छ, आखिर किन यहुदीहरुमाथि यी कुराहरु, किन होलोकास्ट र एन्टी सेमीटिज्म जस्त कुराहरु बुझ्न जरुरी छ ।

ईशापूर्व ९३१ मा चाँही यहुदीहरु दक्षिणमा जुदाह र उत्तरमा जेरुसलेममा दुई भागमा बिभाजित भएर बस्न थाले, करिब ५८७ वर्ष ईशपूर्वमा बेबिलन शाषकहरुले जेरुसलेमको मन्दिरलाई भत्काएर यहुदीहरुलाई बिभिन्न देशमा शरण दिन बाध्य बनाइदिए । विश्वभरिमा अहिलेसम्मकै सर्वाधिक मिहिनती, व्यापारी अनि बुद्धिमान समुदायमा यहुदीहरुको पहिलो स्थानमा गणना हुन्छ, विश्वव्यापार अनि शक्तिराष्ट्र अमेरिकाको बागडोर नै यहुदीहरुको हातमा छ । उता यूरोपमा पनि यिनीहरुको वर्चश्व छ भनें विश्वभरिका ठूलाठूला कम्पनी र कर्पोरेशन यहुदीहरुकै छ ।

अल्वर्ट आइन्सटाइन, मार्क जुकवर्ग लगायत थुप्रै विश्वविख्यात नामहरु यहुदी हुन् । यहुदीहरुलाई श्राप परेको बताइन्छ, दुनिँया चलुन्जेल उनीहरुलाई मारिने भय हुने श्राप परेको बताइन्छ । जिसस क्राइस्टको क्रुसिफिकेशनमा साथ दिएको र धार्मिक ग्रन्थहरुमा फेरवदल गर्नमा उनीहरुको सहभागिता र नेतृत्वका कारणले यिनीहरुलाई श्राप परेको बताइन्छ । तर आधूनिक विश्वमा मानव हत्या र निकृष्ट व्यबहारको बिरोध जरुरी छ यद्धपि इतिहास भनें कालो नै छ ।

यहुदीहरुले जिसस, मोहम्मद दुबैलाई स्वीकार गरेनन, उनीहरुका अनुसार उनीहरुको मसिहा विश्वमा आउन बाँकी नै छ । ईस्लाममा मोसा र क्रिस्चियानीटीमा मोसेस एकैजना हुन्, राजा डेघिडलाई ईस्लाममा दाउद भनिन्छ, मोसेस र दायद बाट यहुदीहरुको धार अलग भएको पाइन्छ । पानी र भूमि यहुदीहरुलाई निकै मन पर्ने बताइन्छ, उनीहरु सिम्वोलीज्म अर्थात पहिचानात्मक संकेतसंग विशेष माया रहन्छ, उनीहरु शैतानीक पहिचानात्मक संकेत प्रयोग धेरै गर्दछन् ।

सोलेमनले जेरुसलेममा मन्दिर त बनाए तर जेरुसलेम नै पछि गएर दुई भागमा बाँढियो, बेबिलयनीय शाषकहरु आजको ईराकबाट आएका थिए । यिनीहरुले जेरुसलेममा पुरा कव्जा गरे र मन्दिर बर्बाद गरे जुन ५८७ वर्ष ईशापूर्वको कुरा हो । यहुदीहरुले विश्वमै प्रथमपटक अकाडमी खोलेर आफ्ना वासिन्दालाई जागरुक गराउन थाले, यिनीहरुले पुस्तौंपुस्ता आफ्नो इतिहास सिकाँउदै आए । पछि पर्सियन इम्पायर बेबिलनीयनहरुलाई एलेक्जेन्डर द ग्रेटले हराए, ईज्रेललाई एलेक्जेण्डरले चलाए तर पछि उन्को मृत्यु भयो र उन्का गभरनरहरुले इज्रेल चलाए । पछि रोमनहरुले इज्रेललाई चलाए, क्रिस्चियनाटी शुरु भयो र त्यसपछि भनें रोम गभरनर पम्पीले यहुदीहरुलाई समातेर मार्न थाले र प्रोसिकुशन शुरु भयो । यसै समयमा जिसस अफ नजराथले आफ्नो ज्ञान बाँढ्न थाले, यसै समयमा जिससलाई क्रुसिफाई गरियो यो दर्दनाक घटना थियो । जुडाइ राज्यलाई रोमनले चलाए, यसै समयमा जिससलाई रोमन एम्पायरले क्रुसिफाई गरे, धेरै यहुदीहरु यस समयमा क्रिस्चियन पनि भए । जिससलाई क्रुसिफाई गर्दा यहुदीहरुले साथ दिएकाले क्रिस्चियनको उदय संगै यहुदीहरुलाई मारिन थालियो । पछि रोमनहरुले जेरुसलेमलाई पूर्णत नष्ट गरिदिए, यसै दौरान धेरै यहुदी गाँउहरुलाई जलाएर मारियो, यहुदीहरुलाई दास बनाएर बेचियो र धेरै बर्बरता गरियो । पछि बाजिन्टीन एम्पायर आएपछि यहुदीहरुमाथिको यो दर्दनाक क्रम अन्त भयो, आधिकारिक धर्म क्रिस्चियन बनाइयो र धेरै यहुदीहरु क्रिस्चियन भए आफ्नो वचावको लागि । यस दौरान यहुदीहरुलाई दमन नै गरियो, देशले नै यहुदी बिरोधी कानुनहरु ल्यायो अनि यहुदीहरुसंग गैर यहुदीहरुको बिवाह रोकियो र सिनेगग्स अर्थात यहुदीहरुको मन्दिर बनाइने क्रम रोकियो । नियम तोड्ने यहुदीहरुलाई तड्पाएर मार्ने नियम बनाइयो, यस दौरान धेरै यहुदीहरुको हत्या भयो । त्यसपछि ईस्लामीक शाषकहरुले जेरुसलेममा राज गरे, यस वखत यहुदीहरुलाई धेरै कम दमन भयो, यसै दौरान यहुदीहरु व्यापारमा लागे, ईस्लमाको स्थापना ईशपूर्व ६३२ मा भएको हो । स्थापना पछि ईस्लाम र यहुदीहरुमा गुठबन्धी पनि भयो, यस समयसम्म यहुदीहरुको शक्ति र सम्पती बढिसकेको थियो । यस समयमा धेरै यहुदीहरु ईस्लाममा पनि गए, यूरोपमा आफ्नो बैंक र अन्य व्यापार यहुदीहरुले स्थापना गरे । यहुदीहरु आफ्नो धर्मको विषयमा निकै गोप्यता राख्दछन् अनि सुाथै धनका बारेमा पनि गोप्यता राख्दछन् । त्यसपछि क्रुसेडर पिरियड आयो जस्मा जिसस क्राइस्टको क्रुसिफिकेशनमा साथ दिने सबै समुदायलाई खोजि खोजि दण्ड दिइन थालियो । जहाँ यहुदी भेटिए त्यहीँ यिनीहरुलाई मारिन थालियो, यस वखत धेरै मुसलमानहरु पनि मारिए । बदला लिन चाहने क्रिस्चियनहरुले यस हत्या चलाए, त्यसवखत मध्यपूर्वका अन्य देशहरुसंग मिलेर यहुदीहरुले आफ्नो रक्षा गरे ।

इजिप्टको शाषनकालमा इज्रेलीहरु दास बनाइएका थिए, कहिलेकाँही आजको यहुदीहरुले खोजि खाजि पुराना दमनको बदला लिन ति देशहरुलाई आक्रमण गरेको जस्तो पनि भान हुन्छ ।

यो १६ औं शताव्दीसम्म चल्यो, ईजिप्ट, सिरिया, लिवियाका शाषकहरुले पनि यस समयमा यहुदीबिरुद्ध आदेश दिए । यस समयमा यहुदीहरुलाई रिफर्म गरियो, चेतना र शिक्षामा बढोत्तरी गरियो, यहुदीहरुले आफ्नो जमिनको माग गर्न थाले । प्रथम विश्वयुद्धसम्म चलेको अटोमेन एम्पायर पनि यसै समय आयो, रुसमा भगाएर यहुदीहरुलाई मारियो, लाखौं लाख यहुदीहरु रुसमा मारिए । पोल्याण्ड र लुथमेनीयामा आधा भन्दा बढि यहुदीहरु गएर बसे, १८ औं शताव्दीमा पोल्याण्ड र लुथमेनीया पनि बाँढिए । यहुदीहरुको अब बस्ने ठाँउ भएन, तर उनीहरु धेरै धनी र पहुँच भएको भइसकेका थिए । यसैक्रममा फ्रान्स आन्दोलन भयो, प्रजातन्त्रको पहिलो आन्दोलन सन् १७८९ मा शुरु भयो, नेपोलयनले यहुदीहरुलाई फ्रान्समा आएर बस्न आग्रह गरे । यसै दौरान एन्टीसेमीटिज्म पनि शुरु भयो, यहुदी बिरुद्धको आन्दोलन नै एन्टीसेमीटिज्म हो । त्यपछि यहुदीहरुका लागि अमेरिका सेफ हेभन भयो, आज ४ करोडको हाराहारीमा यहुदीहरु इज्रेल र अमेरिकामा छन् । बेलायतले यहुदीहरुलाई जाइडिस्ट कन्फरेन्समा यहुदीका लागि अलग जमिन दिने वाचा गर्यो, यसै दौरान विश्व युद्ध प्रथम शुरु भयो । यस दौरान अटोमन एम्पायर र जर्मन एकसाथ थिए, यहुदीहरुले वेलायतलाई पूर्ण समर्थन गरे । सन् १९१७ मा भएको एउटा संझौतामा यहुदीहरुलाई आफ्नो घर दिने उल्लेख छ, बेलायतले यस्लाई रुजु गर्यो । बेलायतले अटोमेन एम्पायरलाई बाँढ्ने निर्णय गर्यो, प्यालीस्टाइन बेलायतसंग सहयोग माग्न पुग्यो । बेलायतले यहुदीहरुलाई भनें झै जमिन दिन सकेन र यसै बेला यहुदीहरुले प्यालीस्टाइनमा धेरै धेरै जमिन किनेर सेटलमेन्ट गर्न शुरु गरे । पछि प्यालीस्टाइन र ईज्रेललाई जमिन बिभाजन गरियो, ईज्रेलले निकै कम जमिन पायो । जोर्डन खोलाको पश्चिम किनार र गाँजा स्ट्रीप छेउमा थोरै जमिन पाए तर आज उनीहरुले अधिकांश जमिन आफूले लिइसकेका छन् ।

यसै जमिनको कारणले युद्ध भइरहेको छ, ईज्रेलले जेरुसलेमलाई आफ्नो राजधानी भएको दाबी गर्दछ । मुसलमानका लागि जेरुसलेम पवित्र छ भनें ईसाईका लागि पनि निकै पवत्रि छ र ईज्रेलले जेरुसलेमलाई आफ्नो राजधानी दाबी गरेको छ । यद्धपि आजको मितिसम्म औपचारीक रुपमा ईज्रेलको राजधानी तेलअबिब मानिन्छ, आज यहुदीहरु अमेरिका र आफ्नो शक्तिको आडमा जेरुसलेमलाई आफ्नो अधिनमा ल्याउन चाहन्छन् ।

यहुदीहरु जर्मन, रुस, स्पेन लगायत थुप्रै देशहरुमा मारिएको इतिहास छ, कन्सनट्रेशन क्याम्प देखि ग्याँस चेम्बरसम्म यहुदीहरुको प्रोसिकुशन भइरहेको इतिहास छ । आज पनि यहुदीहरुलाई घृणा गर्ने समुदायहरु धेरै छन्, यद्धपि आजको मितिमा विश्वमा सबैभन्दा शक्तिशाली समुदाय यहुदीहरु नै हुन् । ईज्रेल विश्वको सबैभन्दा नयाँ र कान्छो देशमध्य पर्दछ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...