क्यानडाका प्रधानमन्त्रीको श्रीमतीलाई कोरोना संक्रमण


सोफी ग्रिगोरी ट्रिडेउ क्यानडाका प्रधनमन्त्री जस्टिन ट्रिडेउकी श्रीमती हुन्, उनी भर्खरै बेलायतबाट एउटा कार्यक्रम सकेर क्यानडा पुगेकी थिइन । बेलयातमै छँदा उनलाई हल्का रुघा लागेको लक्षण देखिएको हो । बुधवार रातीबाट हल्का ज्वरो पनि देखिएपछि यिनलाई कोरोना संक्रमण जाँच गरिएको हो, जस्मा यिनलाई कोरोना संक्रमण भएको पुष्टि पनि भयो ।

सुत्रका अनुसार अब यिनलाई १४ दिन पूर्ण आइसोलेसनमा राखिनेछ । सोफीले एउटा बिज्ञप्ती जारी गर्दै आफ्ना लागि चिन्ता व्यक्त गर्ने सबैप्रति साधुवाद जनाएकी छिन् भनें छिटै अब निको भएर कार्यमा फर्कने पनि बताएकी छिन् । यिनका अनुसार क्यानडाका नागरीकहरुले कोरोनाका कारण पाएको सास्तीका अगाडी आफ्नो १४ दिने आइसोलेसन त केहि पनि नभएको बताएकी छिन्, आजका मितिसम्म क्यानडामा १४० भन्दा बढि कोरोना संक्रमणका केसहरु पाइसकेका छन् ।

लाइभमाण्डु


Loading comments...