भगवान शिवले आफ्नो कामवासना लाई कसरी कावुमा राखे ?


यो वडो चित्तोकर्षक कुरा अनि प्रसगं हो, आजको दुनियाँमा हरेक उमेर समुह अनि वर्गका मान्छेहरु कामवासना र अपूर्णताको महसुस गर्दछन् । ग्लामर अनि मिडियाको यस युगमा सर्वाधिक धेरै प्रयोग नै कामवासनाको उजागरताका लागि भएको पाइन्छ, कामवासना बाट भगवान शिवले कसरी उन्मुक्ति पाउनुभयो भन्ने कुरा आज चर्चा गर्न जाँदैछु ।

हाम्रो दुई आँखाले भौतिक कुराहरु मात्र देख्दछन्, हाम्रो ईच्छा हामीभित्र लुकेको हुन्छ । वासनाको अर्थ नै हामीभित्र भएको अपूर्णता हो । शिवको अर्थ तेश्रो आँखा हो, अस्तित्वको भौतिकता बाहिरको नजर नियाल्न तेश्रो आँखाले भित्र देखाँउदछ, शिवको अर्थ यहि हो । शिवले आफ्नो तेश्रो आँखा खोलेर कामदेवलाई भष्म गरेको उल्लेख छ । कामदेश सनातन दर्शनमा कामवासनाका देवता हुन्, हामी कामदेवलाई सिधासिधा सामना नगरि त्यसलाई माया या प्रेमको बिम्बका रुपमा प्रयोग गर्दै व्याख्या गर्दछौ । सुन्दरता चाहिने नजरको पैरवी गर्ने कामदेव लुकेर रुखपछाडिबाट शिवलाई तिर चलाँउदछन्, शिवले आफ्नो उग्र तेश्रो आँखा खोलेर कामदेवलाई भष्म गरे । त्यसपछि जलेको कामदेवको खरानीलाई शिवले आफ्नो शरीरमा दलेर कामवासना माथि विजय भएको उद्ध्घोष गरेको उल्लेख छ, यो आमकहानी हो ।

सुन्दर स्त्री या सुन्दर पुरुष देखेर कामवासना बाहिरबाट जाग्ने हैन, यो हामीभित्रै हुन्छ । शिवले आफ्नो तेश्रो आँखा आँफैभित्र खोलेर आफूभित्र अधुरो महसुस गराउने तथ्यलाई गौर गरे, वासना केवल विपरित लिगंको् मात्र कुरा हैन, हरेक ईच्छा वासना हो । शपिग देखि मोबाइलको चाह देखि भ्रमण लगायत कुनै चिज, पद, शक्ति र चाहनाहरु सबै वासना हुन् , वासनाले हामीलाई पछि लाग्ने बनाँउदछ । लैगिंकता पनि वासना नै हो, वासनाले हामीभित्र अपूर्णताको भावना र चाह पैदा गर्दछ, त्यो कुरा हासिल नगरुन्जेलसम्म वासनाले हामीलाई अधुरो महसुस गराइदिन्छ । शिवले आफूभित्रको कामलाई जलाउने निर्णग गरेपछि कामवासनाको कामदेवलाई भष्म गरेको कहानी छ । यस कहानीको योगीक आयामले भनें शिवले आफूभित्रको चाहलाई खत्म गरेको बताइन्छ, चाहहरुको मृत्यु र हरेक चिजहरुलाई भावहरुलाई वलिदान दिएको मानिन्छ । शिवको अर्को अर्थ मृत्युलाई ज्यूने बनेर पनि चिनिन्छ, मृत्युलाई जित्ने र ज्यूने मान्छे नै आफ्नो अस्तित्वमा शाश्वत रहन्छन् । अनन्तकालसम्म ज्यूनुहोला ।

सुयोग ढकाल


Loading comments...