कोरोना भाइरसले गर्दा विश्वभरि ठूला पर्दाका चलचित्रहरुको प्रदर्शन स्थगित


जेम्स वण्ड सिरिजका अहिलेका नायक डेनियल क्रायगको आँउदो चलचित्र नो टाइम टु डाई देखि वलिवुडका अक्षय कुमारका सूर्यवंशी जस्ता चलचित्रहरुको प्रर्दशन स्थगित भएका छन् । कोरोनाको प्रभाव चर्च, मन्दिर, मस्जिद, गुरुद्धारा देखि चलचित्र हलसम्म पर्दै गएको छ । विश्वमा आवागमन न्यून भएको छ भनें अर्कोतर्फ शहरहरु सूनसान भएका छन् ।

जनक दिप पराजुली

चलचित्र महोत्सव देखि सांगितिक कन्सर्टहरु सम्म रोकिएका छन्, उत्सव देखि स्वास्थ क्याम्पहरु सम्म स्थगन गरिएको छ, आँउदो केन्स चलचित्र महोत्सव पनि अब यसवर्ष रोकिन सक्ने बताइएको छ यद्धपि हामीले केन्सको आधिकारिक बेवसाइटमा स्थगन सम्बन्धी केहि भनिएको त छैन तर केन्सको महोत्सव अर्को मिति नतोकिएसम्म रोकिने निश्चितप्राय बताइएको छ ।

हलिहुडका सुपरस्टार टम ह्याकंस र उन्की धर्मपत्नी रिता विल्सन विश्व रंगमञ्चमा सर्वाधिक चर्चित कोरोना संक्रमणमा पर्ने कलाकारको सूचीमा परेका छन्, उनीहरु आइसोलेसनमा छन् । क्यानडाका प्रधनमन्त्रीकी धर्मपत्नी आइसोलेसनमा छिन् भनें विश्वभरिका लगभग सबै देशहरु कोरोनाको भयमा छन् ।

नेटफ्लीक्स र डिज्नेले आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रोकिएको बताएका छन्, फास्ट एउण्ड फ्यूरियस को नवौं संस्करणको चलचित्र प्रर्दशन मिति रोकिएको छ भनें एलेन, स्ट्रेन्जर थिगंस र मर्नीगं शो जस्ता टिभी सिरिजहरुको छायांकन प्रभावित भएकाले सूचारु हुन नसक्ने बताइएको छ ।

भारतका अधिकांश चलचित्रघरहरु बन्द छन्, यद्धपि नेपालमा भनें रंगमञ्च र कोरोना संक्रमणको प्रभाव उति ध्यानमा राखिएको छैन, नेपाली रंगमञ्च पनि यस संक्रमणको बहुआयामिक जोखिमबाट सतर्क रहनु जरुरी छ ।

जनक दिप पराजुली
महासचिव
नेपाल चलचित्र निर्देशक समाज


Loading comments...