के सानीटाइजर र पन्जाले कोरोनाबाट जोगाँउछ ?


कोभिड १९ को महामारीको जोखिममा सारा विश्व रहेका बेला अहिले कोरोना सम्बन्धी धेरै अफवाहहरुको पनि सञ्चार भइरहेको छ भनें अर्कोतर्फ झुठ र भयको खेतीगर्ने चलन पनि पनि चलिनैरहेको छ । सानीटाइजर र ट्वाइलेट पेपरको कृक्रिम अभाव देखि विश्वका ठूलाठूला शहरहरु सम्म सुनसान भएका छन् । ठूला ठूला कम्पनीहरुले नै मान्छेहरुमा भएको भयको व्यापार गर्दै अरबौंको ब्यापार गरिसकेका छन्, उता धेरै देशहरुको पर्यटन, अर्थतन्त्र, यात्रा लगायत आपूर्तिहरुनै नराम्ररी प्रभावित भएको छ ।

हात धुने सानीटाइजरको बजारमा कमी भए पनि विश्व स्वास्थ संगठनले त्यसको घरमा नै बनाउन सकिने उपायहरु उल्लेख गरिदिएको छ । डिआइवाई सानीटाइजर पूर्णत सुरक्षित रहेको बताइन्छ, यस्का लागि ७० प्रतिशत शुद्ध इथनोल चाहिन्छ या १४० प्रुफको प्रयोग गर्न भनिएको छ । बजारमा पाइने मदिराहरुले यस्को कार्य गर्दछ यद्धपि भोड्काको प्रयोग भनें नगर्न अनुरोध गरिएको छ । ईथनोल कन्सन्ट्रेशनले सानीटाइजरको कार्य गर्ने तर सानीटाइजरले मात्र कोरोना संक्रमणको निरोध गर्न नसक्ने बताइएको छ । जन हप्कीन्स विश्वविधालयका संक्रमक रोग बिशेषज्ञ अमेश अदल्जाका अनुसार सानीटाइजर धेरै बजारीकरण गरिएको छ, सानीटाइजर नहुँदा आँफै सानीटाइजर बनाउनेपर्ने कुनै जरुरत छैन । केवल सावुन पानीले हात धोए मात्र पनि कोरोनाका जिवाणुहरु बगेर या मरेर जाने उन्को भनाई छ ।

उता आर्यूवेदिक ओखती र घरमा नै बनाइएका कुराहरुले कोरोना रोकिने तथ्यहरु पनि निकै आइरहेका सम्बन्धमा टेक्सस विश्वविधालयका वायोलोजी शाखा प्रमुख बेन नुमानले मह, सुकमेल लगायतका थुप्रै खानेकुराहरुले कोरोना निको पार्ने हल्ला चलेको तर त्यो बास्तविक नभएको बताएका छन् । उता ट्वीटरमा लसुन खाएमा एन्टीमाइक्रोवाइरल र एन्टीभाइरल गुण भएको कुराहरु आइरहेको सन्दर्भमा नुमानले कोरोना संक्रमण भएको र यो कुनै राक्षस या भयंकर असुर नभएको बताँउदै लसुनमा एन्टीभाइरल गुण नहुने बताएका छन् ।

प्लासीवो एफेक्टका लागि घरायशी ओखतीहरुको प्रयोग राम्रो भएको यिनले बताए, प्लासीवो एफेक्ट भन्नाले मलाई यस्ले निको पार्छ भन्ने बिश्वास र सन्तुष्टि हो , यसो हुनाले कम्तिमा मान्छेहरुको भय त कम हुन्छ भन्ने उनले बताए । बजारमा उपलव्ध कोरोना बिरुद्धका हरेक सप्लीमेन्ट र ओदतीहरु फेक भएको यिनको तर्क छ । अहिले कोरोनाको खोप र ओखतीको सुत्र निर्धारण नहुन्जेल बजारमा केवल अपुष्ट र नसत्य उत्पादनहरुको कारोवार भएको नुमानले बताएका छन् ।

पानी धेरै पिउनाले कोरोना संक्रमण रोकिने तथ्य चाँही केवल प्रचारवाजी मात्र भएको नुमानले बताएका छन्, पानी पिउनाले मुखमा भएको कोरोनाका जिवाणुहरु पेटमा गएर त्यहाँ नष्ट हुने तथ्य चाँही सत्य भएको तर पानी स्वयमले कोरोना नरोकिने उन्ले बताए । कोरोनाका जिवाणुहरु नाक, मुख, आँखा सर्वत्रबाट छिर्न सक्ने र फोक्सोमा संक्रमण गर्न सक्ने नुमानको तथ्य छ । पानी समयसमयमा पिउनु चाँही राम्रो हो तर पानी नै आँफैमा ओखती चाँही हैन, नुमानले बताए । पन्जा लगाँउदा कोरोनाबाट जोगिने कुरा त झनै गलत भएको यिनको तर्क छ, कोरोना भाइरस छालाले ग्रहण गरेर शरीरमा संक्रमण हुने रोग नभएको यिनले बताए, हातको छालालाई पन्जाले रोक्नुको तर्क यिनले ठाडै अस्वीकार गरे । नोवल कोरोनाका भाइरसहरु बाहिरी सतहमा केवल २ देखि ३ दिनमात्र बाँच्न सके नुमानको तर्क छ, नुमानले पछिल्लो दशकमा सार्स संक्रमणमा पनि उल्लेखनीय अध्ययन र शोध गरेका थिए । भाइरसका जिवाणुहरु केवल २ देखि ३ दिनमात्र सतहमा बस्न सक्ने हुँदा चीन या अन्य संक्रमण धेरै भएको देशबाट आउने सामानहरु उति जोखिमुक्त नुहने यिनको तर्क छ, सामानहरु शिपीग भएर आउन नै हप्तौं दिन लाग्ने हुँदा कोरोनाका जिवाणुहरु त्यहाँ रहिरहन सक्दैनन, नुमानले बताए । बरु सबैजनालो समय समयमा सावुनपानीले हात धुने, संक्रमण भएका सतहरुको जोखिमबाट पर रहने, आफ्नो हातले अनुहार र नाकहरु नछुने अनि धेरै सामाजिक भेला र भीँडमा नजाने नुमानको सुझाव छ ।

हफिगंटन पोष्टको अन्र्तवार्ताको सरल नेपाली अनुवाद

लाइभमाण्डु


Loading comments...