
नमस्तेको परिवर्तित प्रयोग अनि मौलिक अर्थ
कोरोना भाइरसले नमस्ते या नमस्कार गर्ने चलनलाई विश्वव्यापी प्रयोगमा ल्याइदिएको छ, भारतीय उपमहाद्धीपका देशहरुले शदियौंदेखि सदाचार र सादगीका रुपमा प्रयोग गर्दे आएको नमस्ते संस्कार आज विश्वभर चर्चित हुन थालेको छ, ठूला ठूला नेपा र राजपरिवारका सदस्यहरुले समेत नमस्ते गरेका भिडियोहरु भाइरल भएका छन् । आउनुहोस् आज नमस्तेको विषयमा कुरा गरौं ।

आफ्नो हृदयको अघिल्लो भागमा दुबै हातका हत्केलाहरु जोडेर औंलाहरु आकाशतर्फ राखि यो नमस्ते गरिन्छ, हामी सबैलाई थाहा मात्र हैन कि सबैलै जन्म जन्मान्तर यस प्रथाको प्रयोग गर्दै आएका छौं । नमस्तेले आफूअघिको मान्छेको सम्मानलाई स्वीकार्दै साक्षात्कार र अभिभादनको स्वरुप दिन्छ ।
यसलाई नमस्कार मुद्रा पनि भनिन्छ, मुद्राको अर्थ स्थिति बुझिन्छ । संस्कृत शब्द नमहः हामीले निकै सुनेको र प्रयोग गरेको शब्द हो, नमहःको अर्थ बिभिन्न मन्त्र र प्रार्थनामा प्रयोग भएको छ, यसको अर्थ हुन्छ अभिवादन र त्यस्तो अभिवादन जहाँ अघिल्तीरको मान्छे या समुहलाई आदर दिइन्छ । जीवन र मृत्युको यस चक्रमा हरेक मान्छेभित्रको आत्मालाई सम्मान गर्दे भगवान स्वरुपलाई नमस्तेले प्रतिविम्वित गर्दछ । नमस्कार भने नमस्तेको तुलनामा अझै सात्वीक शव्द हो । नमस्तेले हाम्रो अध्यात्मिक उन्नतीमा पनि मद्दत गर्दछ, हामी मान्छेको स्वरुप नभई आत्मालाई अभिवादन गर्दछौं जबजब हामी नमस्ते या नमस्कार को प्रयोग गर्दछौं । हात मिलाउने, चुम्वन या अंगालो हाल्ने क्रममा हामी शारीरीक स्वरुप र अवस्थितिलाई महत्व दिन्छौं भनें नमस्ते आत्मिक वयान र स्वीकारोक्ति हो ।
नमस्ते एउटा मात्माले अर्को आत्मालाई गर्ने सम्वोधन हो । नमस्तेले अर्को व्यक्तिलाई या समुहलाई आफूभन्दा महत्व दिएर उजागर गर्ने भएकाले नमस्ते या नमस्कारले अर्को व्यक्तिको ईगो र घमण्डलाई तठस्त पारिदिन्छ, एकफेर नमस्ले गर्दा यो तथ्यलाई विचार गर्नुहोला । यो नमस्ते चाँही निरपेक्ष सम्वोधन हो, यहाँ नमस्ते गर्दा अर्कोतर्फबाट नमस्ते आउने या फर्किने आशा हुन्न, हात मिलाँउदा जस्तो अर्को पक्षबाट हात नउठ्दा हुनुपर्ने असहजता र अंगालो हाल्दाको दुईपक्षिय निकटता र समानताको नमस्तेलाई वास्ता हुन्न । नमस्ते मुद्रामा पृथ्वीतत्वलाई पनि समावेश गरिएको हुन्छ, औंलाहरु माथि फर्कने हुँदा पहिले त आकाशतत्वको उद्ध्घोष पनि नमस्तेको मुद्रामा लुकेको हुन्छ ।
नमस्तेमा पञ्चतत्वको नै उजागरता छ, यस्का साथै शारीरीक निकटतालाई नमस्तेले सम्वोधन गर्दैन र यो शालिन र सभ्य रहन्छ । नमस्ते परैबाट गरिन्छ, निकट हुन जरुरी रहन्न ।
नमस्कार या नमस्ते गर्दा हातहरु जोडेपछि आँखा चिम्लने चलन छ, केहिबेरलाई । नमस्ते गर्दा हातमा कुनै सामान राखिने चलन छैन, खुल्ला हात र हृदयले मन्द मुस्कान सहित नमस्ते गरिन्छ । जीवनको उदेश्य ईगोको संरक्षण र घृणाको या नकारात्मक उर्जाको हस्तान्तरण हैन, जीवन आशा र सकारात्मक भावको केन्द्रमा घुमेको छ । नमस्ते सर्वोत्कृष्ट साधुवाद हो, विश्वले पहिचान गदैछ ।
सुयोग ढकाल
लाइभमाण्डु