टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु


काभ्रेपलान्चोक, ३ चैत । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको ज्यान गएको छ । ज्यान जानेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी माया गोले र उनकी छोरी स्मारीका गोलेको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शीर मेमोरियल बनेपामा लगिएको भए पनि उपचारको क्रममा उनीहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।

टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । टिपरले मारेको भन्दै पनौतीबस पार्कमा मृतकका आफन्तले सडक अवरोध गरेका छन्। अवरोधलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि आफन्त तथा स्थानीय थप आक्रोसित बनेका छन् ।भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरी बीटमा समेत स्थानीयले ढुंगामुढा गरेपछि पनौती तनावग्रस्त बनेको छ।


Loading comments...