पहिलो ‘भोइस अफ नेपाल’का फाईनलिस्टको पीडा


म भोइस अफ नेपाल सिजन १ काे टप ४ फाईनलिस्ट मध्य एक सप्तक दुतराज मलाई यसरी सामाजिक सञ्जालमा आएर आफ्नै टिम भित्रकाे कुरा गर्न त मन थिएन । तर मलाई सम्बन्धितले नै बाध्य बनाएकाे हाे । एक बर्ष लामाे समयसम्म म माैन बसेकाे नै हुँ । आज, आज भाेली भाेली भन्दै कन्ट्रयाक्ट पेपरमा सहमति भएका कुराहरु सिजन दुई सकिदा पनि हामिलाई भनिएका कुराहरु पुरा नहुँदा याे प्रतिभा उजागरकाे नाममा मौलाएको ठगी धन्दा बुझेकाे छु।

विश्व भ्रमण, एक बर्ष सम्मकाे खाने बस्ने व्यवस्था, मासिक एक लाख तलव, हरेक साे गरे बापत ५०% रकम जस्ता थुप्रै भ्रामक सपनाहरु देखाईए जुन कागजमा मात्र सिमित रहे । हामीले बारम्बार अनुराेध गर्दापनि हामीलाई बेवास्ता गरियाे । कन्ट्रयाक्टमा रहँदा आफू अनुकूल कामपनि हामीलाई गर्न दिईएन।



कसैलाई झुठाे सपना देखाई गीत सङ्गीतलाई ब्यवसाय बनाउनु राम्राे हाेईन । अहिले सिजन २ का नयाँ कलाकार आई सक्दापनि सिजन १ कै हिसाब किताब मिलेकाे छैन । याे निकै लज्जास्पद, हाँस्यास्पद र गैर जिम्मेवारी कुरा हाे । भन्न त धेरैले भन्नु हाेला भोइस अफ नेपालले नै चिनायाे र आज त्यसकै कुरा काट्दैछ। तर धैर्यताकाे पनि एउटा सिमारेखा हुँदाे रहेछ र आज यसरी लेख्न बाध्य भएकाे हुँ । म जस्ताे नव प्रतिभाकाे ठाउँमा उभिएर पनि साेचिदिनु हाेला अनि हामी माथी भएकाे अन्याय महसुस गर्नु हुनेछ। धेरैले भन्नु हाेला याे के नाटक गर्याे एक बर्ष अघि नै किन यसरी कुरा ननिकालेकाे भनेर । हामी नेपालमा सबैले भावना र समबन्धलाई कदर गर्दै काम गरेकाे हुन्छाैँ । त्यसैले धेरै माैका दिए मैलेपनि समबन्धित माहानुभावहरु लाई । घुस लिने जतिकै दिनेपनि उतिकै सजाएकाे भागीदार भए जस्तै अन्याय गर्ने भन्दापनि अन्याय सहनेकाे ठुलाे गल्ती हुन्छ । याे कुरा मैले मन देखि नै बुझेकाे छु र याे शैलीकाे अन्त्य पनि हुनुपर्छ भन्ने मेराे मान्यता हाे । याे खुला पत्रलाई अन्त्य नसाेचिदिनु हाेला याे त मात्र सुरुवात हाे ।

सप्तक दुतराज
फाईनलिस्ट, भोइस अफ नेपाल


Loading comments...