
गल्फ क्षेत्रका २ राजकुमारहरुको मित्रता
४ चैत्र २०७६, मंगलवार २०:००
तेलका खानी अनि डि फ्याक्टो पावर स्टाटस भएकाले गल्फक्षेत्रका राजपरिवारहरुको शक्ति र दम्भको कथा विश्वले देखिरहेको छ । शक्ति अनि शाषन नेतृत्वमा गल्फ क्षेत्रका शाषकहरुले आफूलाई संसद र सदनभन्दा माथि राखेर शाषन गर्दै आएका छन् । यद्धपी यिनीहरुको देश र क्षेत्र नै धेरै बिकसित छन्, आज गल्फ क्षेत्रका २ जना राजकुमारहरुको किस्सा यहाँ वर्णन गर्न जाँदैछु ।यूएईका राजकुमार मोहम्मद विन जायद र साउदी अरबका मोहम्मद विन सलमानको मित्रताको प्रसगं अहिले निकै चर्चामा छ ।
साउदीका राजकुमार सलमान त पछिल्ला वर्षहरुमा कहिले खग्गोशीको हत्या त कहिले उन्को पाकिस्तान भ्रमण र आफ्नै काकाहरुलाई कारागारमा राखेको प्रसगले विश्व समाचारमा शिर्षकमा आइनै रहेका हुन्छन् । उता यूएईका राजकुमार मोहम्मद विन जायद अल नायान चाँही सन् २०१७ मा आफू उत्तराधिकारी हुनु अगावैबाट आफ्ना पितालाई राज्य शाषनमा सघाएका एक कुशल पुत्र र राजनेता पनि मानिन्छन् । यि दुई जना अरबका डि फ्याक्टो शाषकहरु कतारमाथिको नाकाबन्धी, यमन यूद्धको निरन्तर श्रृखला लगायत अन्य धेरै मध्यपूर्वको आधूनिक इतिहासका घटनाक्रमका साझेदारहरु हुन् । यिनीहरुलाई ईस्लामीस्ट समुहलाई धेरै सहयोग गरेको र गुठबन्धी गरेको आरोप पनि निकै लागेको छ । अरब डाइजेस्ट नामक पत्रिकाका सम्पादक विलियम ल का अनुसार यूएईका राजकुमार आफ्नो कुटिल निति लागु गर्न र योजना तर्जुमा गराउन आफ्ना समकक्षी र मित्र साउदीका सनकी राजकुमार मोहम्मद विन सलमानको प्रयोग गर्दछन् । यि दुबैलाई पोलिटिकल ईस्लामको भय निकै तामझामका साथ लागु गरेको आरोप पनि छ, पोलिटिकल ईस्लामले अरबी क्षेत्रमा ईस्लामीक राजनितिको वर्चस्वको कायम गर्ने र अन्य विचारधारालाई दबाएर राख्ने निति बुझाँउछ ।
उता दुबै राजकुमारहरु गल्फ क्षेत्रमा दीर्घकालसम्म राजसत्ता कायम गराउन पनि दुरदर्शी सोचको खोजमा पनि छन् । साउदी र यूएईको यस मित्रताले ईजिप्टमा लेवाननी नेतृत्वको हफ्तार समुहको चलायमानताको स्थिति पनि आएको बताइन्छ, ईजिप्ट र ईरानचाँही सदैव मध्यपूर्वका अन्य ईस्लामीक देशहरुको आँखाका कसिंगरका रुपमा मानिन्छन् । यि दुबै देशहरु अमेरिकासंग निकट पनि मानिन्छन्, यस ईमीराती साउदी समबन्धको आयामहरुमा सबैके आआफ्नै टिक्का टिप्पणीहरु हुनसक्दछन् यद्धपी यि दुई राजकुमारहरुलाई साथसाथ भएको भनें धेरैपटक देखिन्छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा