हावा र सतहमा कोरोनाका जिवाणुहरु कति समय रहन सक्दछन ?


न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनको नयाँ प्रकाशित अध्ययनलाई यहाँ ल्याँउदैछौ ताकि हामी नेपालीहरु पनि बुझ्न सकौ यि कोरानाका जिवाणुहरु कुन सतहमा र कस्तो अवस्थामा सामान्यतया कति दिनसम्म क्रियाशील रुपमा बस्न सक्दछन् भनेर ।

यस अध्ययनका अनुसार तामामा चार घण्टा, प्लास्टीक र स्टेनलेस स्टीमा मा ३ देखि ४ दिन र कार्डवोर्डमा २४ घण्टा रहन सक्दछन् । यस अध्ययनमा नेवुलाइजर प्रयोग गरि संक्रमितहरुको खोकीलाई हावामा रहन दिँदा ३ घण्टासम्म हावामा भाइरस जिवाणुहरु पाइरहेका थियो । यसलाई शोधकर्ताहरुले एयरवोर्न थ्रिएट भनी उल्लेख गरेका छन् ।

यस शहश्राव्दीको शुरुवात ताका देखिएको सार्स भाइरस र यस्को गुणहरु निकै मिल्दो पाइएको यस शोधमा उल्लेख छ । यद्धपि एकजना संक्रमितबाट अर्कोका यो संक्रमण हुनसक्ने संभावना भने सार्सभन्दा कोभीड १९ को कैयौं गुणा धेरै छ ।

सार्स संक्रमण केवल ८००० मा भेटिएकोमा केवल ८०० को मात्र मृत्यु भएको थियो तर कोरोना संक्रमणले विश्वभरि ८००० मृत्यु र २ लाख भन्दा धेरै संक्रमीतहरु बनाइसकेको छ । बाटोमा या अन्य ठाँउमा केहि कुराहरु पनि नछुन, मुख र नाक छोपेर हिड्न अनि हातले मुख नछुन जस्ता उपायहरु यस अध्ययनमा जनाइएको छ ।

लाइभमाण्डु


Loading comments...