
सात वर्षपछि निर्भयालाई न्याय, सामूहिक बलात्कारपछि मारीएकी निर्भयाका चार अपराधीहरुलाई सामूहिक फाँसी
७ चैत्र २०७६, शुक्रबार ०८:५७
सन् २०१२ मा दिल्लीको एउटा बसमा निर्भया नामकी यूवतीलाई ४ जना मिलेर सामुहिक बलात्कार गरेका थिए, भारत लगायत विश्वभर नै निर्भया केसले निकै चर्चा पायो । अन्तत आज शुक्रवार निर्भया हत्याकाण्डमा संलग्न चारै जना अपराधीहरुलाई तिहाड जेलमा सामूहिक फाँसी दिइएको छ ।
डिसेम्बर १६ सन् २०१२ मा दिल्लीमा निर्भया सामुहीक बलात्कार काण्ड भएको हो, ७ वर्ष पछि भारतमा छोरीहरुले न्याय पाए भन्ने नाराको साथ बलात्कारीहरुको मृत्यूदण्डले भारतीय सामाजिक उत्थान र लैगिंक समानतामा नयाँ अध्याय थपेको छ । सन् २०१२ को २९ डिसेम्बरमा निर्भयाले प्राण त्यागिन, सफदरगन्ज अस्पतालमा उपचार संभव नभएपछि यिनलाई सिंगापुर लगिएको थियो ।
विनय, अक्षय, पवन गुप्ता र मुकेशलाई भारतीय समयानुसार बिहान ५ बजेर ३० मिनेटमा फाँसी दिइएपछि मृत घोषणा गरी पोष्टमार्टमका लागि उनीहरुको मृत शरीर अस्पताल पठाइसकेको छ ।
All four #Nirbhaya gang rape and murder case convicts hanged in Delhi’s Tihar Jail, victim’s parents say justice finally done
READ: https://t.co/89ATs1sVfr via @TOIDelhi #NirbhayaVerdict #NirbhayaCase #NirbhayaJustice #NirbhayaCaseConvicts #NirbhayaConvicts pic.twitter.com/RgHqGIFbTk
— Times of India (@timesofindia) March 20, 2020
निर्भयाकी आमा आशादेवीका अनुसार आफ्नो छोरीलाई जस्तै अरु छोरीहरुलाई कहिल्यै नपरोस् भन्नका लागि अबउप्रान्त हरेक मार्च महिनाको ३० तारिख निर्भया दिवसका रुपमा मनाँईदै लैगिंक समानता र न्यायका लागि पैरवी गरिनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन