गर्भावस्था र कोरोना: डा. आमिर खान


गर्भावस्थामा त केहि अफ्ठेरो नपरेपनि चनाखो भएर बस्नुपर्ने र आफ्नो विशेष ख्याल राख्नुपर्ने हुन्छ । खानपानमा पनि धेरै ख्याल राख्नुपर्ने हुन्छ भने रहनसहन र आवहवामा अझ सतर्क रहनुपर्दछ, परिवर्तित परिपेक्ष्यमा कोरोना संक्रमण र गर्भावस्थाका बिभिन्न जिज्ञासा र चासोहरु सम्वोधन गर्न आज हामी बिभिन्न अध्ययन र शोधहरु साभार गर्दै गर्भवती आमाको सुरक्षा सचेतना र कोरोना बिरुद्ध स्वास्थ्य सजगताका लागि यो सामाग्री बेलायतका एनएचएस डा. आमिरले अलजजिरामा लेख्नुभएको अनुवादित लेख हो ।

Dr. Amir Khan
NHS, UK

विश्वभरिका सबै कोरोना संक्रमण भेटिएका देशहरुमा बेलायत गर्भावस्थाका महिलाहरुका लागि कोरोना संक्रमण विषयमा बढि संवेदनशील भएको पाइयो, त्यहाँ गर्भावस्थाका महिलाहरुलाई अझ विशेष तवरले आइशोलेशनमा बस्न र भीडभाडमा जाँदै नजान उर्दी जारी गरिएको छ । विश्वभरका सबै गर्भवती महिलाहरु र तिनका परिवारहरु कोरोनाको भयमा त्रसित छन् ।


गर्भावस्थामा शरीरभित्र अर्को शरीरको बिकास भइरहेको हुन्छ, यस्तो अवस्थामा महिलाहरुको रोगप्रतिरोधात्मक क्षमतामा केहि तलमाथि हुनसक्दछ यद्धपी यसैको कारणले महिलाहरुमा कोरोनाको संक्रमण जोखिम बढि हुन्छ भनिहाल्ने अवस्था चाँही हुन्न । महिलाहरुले गर्भावस्थामा चिकित्सकसंग भेट्ने र अस्पतालमा जाँच गराउने प्रक्रियाचाँही रोक्न नहुने बिभिन्न अध्ययनहरुले देखाएको छ, पूर्वप्रसुति चेकजाँचका लागि अस्पताल चाँही जार्नैपर्ने र चिकित्सकसंग भेट्नैपर्ने भनिएको छ । यदि कोरोनाको झै सुख्खा खोकी, ज्वरो लगायतका लक्षण देखिएमा भने आफूलाई आइशोलेशनमा राख्दै चिकित्सकसंग सल्लाह लिन बताइएको छ ।

गर्भावस्थामा मधुमेहको लक्षण बिकास भएका महिलाहरुले चाँही आइशेलेशनमा बिशेष ध्यान दिन सुझाव दिइएको छ । यदि यस गेस्टेशनल डाएबेटिज कम नभएमा गर्भवती महिलाहरुको रोगप्रतिरोधात्मक क्षमता कम हुने बताइन्छ, कोरोना लगायत अन्य संक्रमणहरुको जोखिम यस अवस्थामा केहि बढि हुन सक्दछ ।

धेरैजना गर्भवती महिलाहरु आफ्ना अन्य बच्चा र परिवारसंग बस्ने हुँदा सामाजिक आइशेलेशन उति ब्यवहारीक नहोला यद्धपि आइशेलेशन जरुरी भएको चिकित्सकहरुले बताएका छन् । मल्टीभिटामिन ट्यावलेट का साथै आइरन र फोलीक एसिड भएका खानेकुराहरु बढि सेवन गर्न यचित बताइएको छ ।

धेरैवटा संक्रमण आमाबाट सन्तानमा सर्दछन् यद्धपी कोरोनाको सञ्चार आमावाट जन्मने सन्तानका विषयमा के हुन्छ भन्ने यकिन तथ्याकं छैन । ल्यान्सेट नामक विश्वप्रसिद्ध पत्रिकामा प्रकशित एउटा जर्नलका अनुसार चीनको हुवानमा गर्भावस्थामा कोरोना संक्रमण भएका आमाहरुका बच्चाहरुमा संक्रमण नपाइएको बताइन्छ ।

बच्चाहरुलाई आमाको शरीरभित्र ढाकेर राख्ने एमनीओटीक फ्यूडमा कोरोनाको संक्रमण नपाइएको कारणले पनि यस्तो भएको हुनसक्ने ल्यान्सेटले जनाएको छ । उता स्तनपानबाट आमाबाट बच्चामा यो संक्रमण सर्छ वा सर्दैन भन्ने जिज्ञासाहरु पनि उतकै छन् यद्धपी यस वियामा पनि पर्याप्त अध्ययन र ठोस निश्कर्ष भएको पाइन्न । तथापी आमाहरुले आफ्नो बच्चाहरुलाई स्तनपान गराँउदा राम्ररी आफ्नो हात साबुनपानीले धोएर मात्र गराउन सुझाव दिइएको छ ।

आमालाई कोरोनाका झै लक्षण देखिएमा ब्रेस्ट पम्पको सहयोगले निकालिएको दुध अन्य स्वस्थ्य व्यक्तिको सहयोगमा बच्चालाई खुवाउन सुझाव दिईएको छ ।


डाक्टर अमिर खान

सिनियर यूनिभर्सिटि लेक्चरर, बेलायत
एनएचएस डाक्टर


Loading comments...