चेन्नईमा आइसोलेसनमा राखिएका कोरोना संक्रमितलाई के खुवाइन्छ ?


भारत सरकार अहिले आएर कोरोना संक्रमण विषयमा निकै जागरुक र संवेदनशील भएको छ । राजिव गान्धी वनरल अस्पतालले कोरोना संक्रमितको आहारका लागि विशेष योजना र निर्देशिका नै जारी गरेको छ ।

यि डाइटहरु बिरामीका पोषण आवश्यक्ता अनुसार डाइटिसियनहरुले निर्माण गरेका हुन्, यि डाइटहरु सबैका लागि एकैखाले नहुने बताइन्छ । भारतमा आइसोलेसनमा राखिएका चीनीँया नागरीक्हरुलाई उनीहरुको पोषण आवश्यक्ता अनुसार खाना दिइएको र उनीहरुको आफ्नो खानकी जस्तै नुडल्स र सुप लगायत दिइएको बताइन्छ भनें अन्य देशका नागरीकहरुलाई पनि उनीहरुको देशको झै खाना दिइएको बताइन्छ । यद्धपि सम्पूर्ण खानाहरु शाकाहारी रहनुपर्ने निर्देशिका छ ।

कोरोना संक्रमितहरुलाई ईको फ्रेन्ड्ली प्लेट र कपहरुमा खाना दिइएको, आइसोलेसन वार्डमा तातो पानी पिउनका लागि डिस्पेन्सर राखिएको, बिरामीहरुको रोगप्रतिरोधात्मक क्षमता राम्रो बनाउन अण्डा, फलफूल र भिटामिन ट्याव्लेटहरुको पनि व्यबस्था आइसोलेसन वार्डमा राखिएको छ ।

सामान्यतया यि बिरामीहरुलाई आइसोलेसन वार्डमा निम्न लातिकाअनुरुप खाना खुवाइरहेको पाइएको छ ।
ब्रेकफास्टमा ईड्ली, डोसा, साम्बर, गहुँको उपमा, सेतो चट्नी, अण्डाको सेतो भाग र दुध
मध्य विहानको खानाः अदुवा र कागती हालिएको तातो पानी
लन्चः रोटी, पुदिना हालिएको भात, हरियो साग, गेडागुडि र दालको झोल
मध्य साँझः उमालिएको चना र दालको सुप
डिनरः रोटी, चट्नी, दाल, प्याजको अचार

सामान्यतया माथिका खानेकुराहरु आइसोलेसन वार्डमा दिइएको छ । यस्तै खानेकुरा खानैपर्दछ भन्दा पनि तातो, झोलिलो र पोषकतत्वले भरिपूर्ण अनि जकं फुड चाँही खान नुहने पाइन्छ । माछामासुको प्रयोगलाई कोरोना संक्रमण हुन सक्ने आइसोलेसनको अवस्थामा वर्जित नै गरिएको छ, सामान्यतया नेपालमा दाल र चालम हामीसंग हुन्छ नै, यसरी दालको झोल, भात र हरिया सागसव्जी, गेडागुडी, दुध लगायतका खानेकुराहरु खान प्रोत्साहन गरिएको पाइन्छ ।
लाइभमाण्डु


Loading comments...