के ओखती खाने नखाने ? कोरोना कहरमा विश्व स्वास्थ संगठन के भन्छ ?


कोरोना आशंकामा IBUProfen खाँदै नखानुहोस् : विश्व स्वास्थ संगठन

कोरोना आशंकामा चिकित्सकको कम उपलव्धता, हतारमा गरिनुपर्ने ओखती सेवनको निर्णय अनि हताश मानसिकता, मान्छेहरु यस अवस्थामा स्वयम आफु नै सामान्य ओखतीहरु किनिरहेका र किन्ने निर्णय गरिरहेका हुनसक्दछन् जुन गलत पनि हुन सक्दछ ।
खोकी लाग्ने, सामान्य ज्वरो आउने आदि लक्षण देखिएपछि हामी आइबुप्रोफिन कम्पोजिशनका ओखतीहरु खाने गर्दछौं, यो नितान्त गलत भएको र यसो नगर्न विश्व स्वास्थ संगठनले आधिकारिक ट्वीटरबाट आव्हान गरेको छ ।

कोभिड १९ भएका बिरामीहरुलाई त आइबुप्रोफिनले झन अवस्था नराम्रो बनाउने विश्व स्वास्थ संगठनले जनाएको छ । उता फ्रान्सका अधिकारीहरुले पनि एन्टी ईन्फ्रामेटरी ओखतीहरुले कोभिड १९ लाई थप सक्रिय बनाई बिरामीलाई झन थला पार्ने तथ्याकं सार्वजनिक गरेका छन् । फ्रान्सका स्वास्थ मन्त्री ओलिभर वेरेनलाई उद्धृत गर्दै ल्यान्सेटले लेखेको छ । विश्व स्वास्थ संगठनले बरु पारासिटामोल प्रयोगलाई उचित भन्दै आइबुप्रोफिनलाई प्रयोग गर्दै नगर्न कडाईका साथ आव्हान गरेको छ । पारासिटामोल लिँदा पनि भनिएको मात्र डोज लिने नत्र त्यसले कोभिड लागेका बिरामीहरुको लिभरमा सोझै असर गर्ने पनि बताइएको छ ।

लाइभमाण्डु

गर्भावस्था र कोरोना: डा. आमिर खान

लगभग ८२००० जना कोरोना संक्रमीतहरु निको भइसकेका छन्

चेन्नईमा आइसोलेसनमा राखिएका कोरोना संक्रमितलाई के खुवाइन्छ ?

के कोरोना भाइरसको असर केटकेटीमा कमजोर छ?

यात्रा गर्नु अघि कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ?

कोरोनाभाइरस (COVID-19) को ‘पेशेन्ट जिरो’ को हो?

कोरोना भाइरस सम्बन्धी सर्वाधिक खोजिएका ५ प्रश्नोत्तर


Loading comments...