कोरोना प्रकोपमा ईरान अमेरिकालाई सहयोग गर्न ईच्छुक


अलि रिजा लायशी ईरानका स्वास्थ मन्त्रालयका डेप्यूटी मन्त्री हुन्, हिजो एउटा भाषणमा यिनले कोरोनाले आक्रान्त अमेरिकाको असक्षमताका उपर ईरानले कुनै पमि सहयोग गर्नु परे आफूहरु तयार भएको बताएका छन् । रिजाले अमेरिकालाई आफ्नो देशउपर लगाएको नाकाबन्धी हटाउन पनि आव्व्हान गरेका छन्, रिजाले अमेरिकी स्वास्थ संयन्त्र कोरोना महामारीसंग लड्न असक्षम रहेको र राष्ट्रपति ट्रम्प स्वयम पनि यस विषयमा अनभिज्ञ रहेको बताएका छन् । उता ईरानमा चाँही पछिल्लो तथ्याक अनुसार हरेक १० मिनटमा एकजना ईरानीको कोरोना संक्रमणले मृत्यु हुने तथ्य पाइएको छ ।

रिजाले वडो आलोचनात्मक शैलीमा अमेरिकाको आलोचना गरेका छन् । ईरानमा पछिल्लो समयमा त उच्चपदस्त अधिकारी, उपराष्ट्रपति लगायत थुप्रै महत्वपूर्ण व्यक्तिहरुलाई कोरोना संक्रमण लागेको छ ।

रिजाका अनुसार अमेरिकी नाकाबन्दीका कारणले ईरानले कोरोना बिरुद्ध लड्नका लागि आफ्नो सार्मथ्य प्रयोग गर्न सकेको छैन ।

लाइभमाण्डु


Loading comments...