फ्रान्सका राष्ट्रपतिले घरभाडा, कर र उपभोग्य बिलहरुमा छुट दिए


कोरोनाले विश्व अर्थतन्त्र नै धराशायी छ, ठूलाठूला होटल देखि हवाइजहाज कम्पनी, हरेक कम्पनी र ब्यापारहरु चौपट भएको यस अवस्थामा फ्रान्समा भने राष्ट्रपतिले एउटा नयाँ कदम शुरुवात गरेका छन् । घरभित्र सेल्फ क्वारान्टाइन भएका फ्रेन्चहरुका ब्यापार, जागिर र कार्यहरु धराशायी छन् यद्धपि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति म्याक्रोनले हामीहरु कोरोनाबिरुद्धको यूद्धमा छौं भन्दै घरभाँडा, उपभोग्य बिल र करहरुमा कटौति गरिदिएका छन् । फ्रेन्चहरुले अहिले बाहिर निस्कन परेमा अनलाइनमा एउटा फारम डाउनलोड गरेर बाहिर जानुपर्ने कारण दर्शाउन पर्दछ, यसो नगरि बाहिर गएमा ३८ यूरोसम्मको फाइन लगाँउदछ । लाइभ टिभीमा आएका राष्ट्रपतिले फ्रेन्चहरुलाई कारण देखाएर व्यायाम गर्न एक्लै या कुकुर डुलाउन या ओखती लगायत अन्य सामानहरु किन्न जान दिइने, यस अवधिमा कुनै पनि कर या पानी, बिजुली लगायतका शुल्क नलाग्ने, घरभाँडा नलिइने, अन्य यूरोपी देशहरुसंग वोर्डर बन्द गरिने जस्ता कुराहरु बताएका छन् ।

विश्वमा नै आफ्ना जनताहरुको पीडा बुझेर यि घोषणा गर्ने राष्ट्रहरुको सुूचीमा फ्रान्सले एउटा उदहारण नै कायम गरेको बताइन्छ ।

लाइभमाण्डु


Loading comments...