क्लोरोक्वीन ओखतीको प्रयोगले अमेरिकामा कोरोना संक्रमीत दम्पतीको मृत्यु


क्लोरोक्वीन फस्फेट नेपालमा पनि छ्याप्छ्याप्ती पाउने ओखती हो, आफूले आफूलाई र परिवारलाई ओखती बताउने र किन्ने चलन नेपाली परिवेशमा धेरै छ यद्धपि यो गलत हो । अझ कोरोनाजस्तो रहस्यमयी र भयंकर संक्रमणको केसमा यो ओखती आफैले खरिद गर्ने र सेवन गर्ने कुरा जोखमपूर्ण हुन्छ । अमेरिकामा राष्ट्रपति ट्रम्पले नै केहि दिनअघि क्लोरोक्वीन ओखतीले कोरोनालाई रोकथाम गर्ने र संक्रमीतहरुलाई निको हुन मद्धत गर्ने बताउँदै ट्वीट गरेका थिए । फोनीक्सका एक दम्पतीले यसै गरे तर उनीहरुको इहलीलाको दुख्खद अन्त भयो । अमेरिकाको फुड एण्ड ड्रग्स एड्मीनीस्ट्रेशन बिभागले क्लोरोक्वीनलाई मलेरिया र बाथरोगमा प्रयोग गर्न रुजु त गरेको छ तर कोरोनाको केसमा भनें रुजु नगरिएको यस ओखतीलाई राष्ट्रपति ट्रम्पको भाषण सुनेर प्रयोग त गरियो तर त्यसले गर्दा दुईजनाको मृत्यु नै भइसकेको छ । सामान्यतया यस ओखतीको प्रयोग माछा पालेको एक्वेरियम सफा गर्न पनि गरिन्छ ।

ओखती सेवनको ३० मिनटमा नै शारीरीक असहजताका कारण अस्पताल पुगेका दम्पतीको सघन उपचार केन्द्रमा मृत्यु भएको हो ।

लाइभमाण्डु


Loading comments...