ईटालीकी नर्स अनालीसाको अस्पताल डायरी


ईटालीका अस्पतालमा बिरामीका नामहरुमा एस्टरीक चिह्न लगाइन्छ, पहिचान गोप्य राखेर उपचार र पहिचानमा कुनै सम्बन्ध नराख्न लाई । परिवार र समाजको दायित्व भन्दा पर महामारी पुगिसकेकाले अब सरकारी संयन्त्रले सबैलाई सरोबरी उपचार गरिरहेको छ । ट्यूरीन ईटालीबाट लेखिएको एउटा रिपोर्टको सरल अनुवाद गर्दैछौ, कोभीड १९ संक्रमीतहरुको वार्डमा कार्यरत नर्स अनलीसा वाल्डी बिहान ५ बजेर ३० मिनट मा नै अस्पताल छिरिसकेकी छिन्, मिलान शहरको दक्षिण पश्चिममा लोम्वार्डीमा भएको क्रिमोना अस्पतालमा उनी काम गर्दछिन् ।

सर्जिकल मास्क, यूनिफोर्म लगाएर उनी ड्रेसिगं रुममा थप सुरक्षाका सामाग्रीको तयारीका लागि छिरिन । एक जोडा पन्जा, कपडामाथि अर्को तहको सुरक्षा दिने सुट लगाएर अनि हातलाई पन्जा लगाउन अघि बिशेष स्यानीटाइजरले यिनले धोइन् ।

अनलीसाका अनुसार दिनभरिमा यिनले हातमा थप पन्जाहरु थप्दै जान्छिन्, यसो गर्दा यिनले आफ्नो हातमा आउन सक्ने किटाणु हरुलाई सार्नेछैनन, दिनभरि यिनको पन्जा नै यिनको छाला हुनेछ ।

दुइवटा मास्क र स्कुवा डाइभ गर्दाको चश्मा र हेल्मेटले यिनले अनुहार ढपक्कै छोपेकी छिन् । यिनको वार्डमा ५० देखि ७० वर्ष उमेरसमुहका ६६ जना कोभिड संक्रमीतहरु छन् भने केहि यूवा संक्रमीतहरु पनि छन् । नर्सका नाताले यिनले रगत तान्ने, ओखती तयार गर्ने, खुवाउने, अक्सिजन लेभल चेक गर्ने, एक्रे हरु चेक गर्ने, राख्ने , रिपोर्ट मिलाउने लगायत धेरै बिरामीहरुका लागि काम गर्नुपर्दछ, यसो गर्दा उनी स्वयमलाई पनि संक्रमणको बिशेष जोखिम रहन्छ । बिरामीहरुसंग प्रत्यक्ष छुने जस्ता कन्ट्याक्टहरु सकेसम्म गरिँदैन, तर यसो भन्दैमा केयर नगर्ने चाँही हैन । सुरक्षाका संयन्त्रहरु प्रयोग गरेर बिरामीहरुलाई जोगाँउदै आफू पनि जोगिन्छ । अनलीसाका अनुसार बिरामीहरुको अक्सिजन लेभल एक्कासी घट्ने हुन्छ, श्वाँसप्रश्वाँसमा समस्या अत्याधिक पाइन्छ, बिरामीहरुलाई पनि सुरक्षाका संयन्त्र भएका लुगा लगाइनेले घरिघरि पानी खुवाइरहन अफ्ठेरो पनि पर्दछ ।

कोभिड १९ का बिरामीहरुलाई लगभग २० दिनको इन्कुवेशन अवधिमा राखिन्छ । बिरामीहरु मैन जस्ता हुन्छन्, संक्रमणको रापले उनीहरु पग्लँदै जान्छन्, बिशेषत श्वाँसप्रश्वाँसको समस्या र अक्सिजनको कमीले गर्दा शरीरमा उत्पन्न समस्याले उनीहरुको मृत्यु हुन्छ, यतिबेला चाँही दर्दनाक महसुस हुन्छ, अनलीसाले बताएकी छिन् ।

मान्छेहरु अस्पताल भर्ना हुन आउने क्रम रोकिएको छैन, आएका बिरामीहरु सबैजना सकुशल फर्किन पनि सक्दैनन, अनलीसा यस संक्रमणबाट विश्वले छिटै मुक्ति पाओस् भन्ने चाहन्छिन् ।

लाइभमाण्डु

ईटालीलाई चीनको साथ
ईटालीको एउटा कोरोना भाइरस रेडियो स्टेशन
चीनपछि ईरानभन्दा धेरै ईटालीमा कोरोना भाइरसको संक्रमण


Loading comments...