भयभित नबनौं, Self-Quarantine र Social Distancing कायम गरौं, सुरक्षित र सतर्क रहौंः नेपाल चिकित्सक संघ


विश्वव्यापी महामारी (Pandemic) का रुपमा देखापरेको कोरोना भाइरस संक्रमण (COVID-19) बाट जोगिने महत्वपूर्ण उपाय भनेको Self-Quarantine र सामाजिक पृथकीकरण (Social Distancing) मा बस्नु हो । त्यसैले नेपाल सरकारले देशभर ’लकडाउन’ गरी सम्भावित प्रकोप फैलिन नदिन सर्वसाधारण नागरिकहरुलाई सामान्य परिस्थितिमा सात दिन घरबाहिर ननिस्किन आवहान गरेको छ । नेपाल सरकारको यो कदमलाई पूर्ण रुपमा सफल पारी संभावित सक्रमणबाट जोगिन नेपाल चिकित्सक संघका महासचिव बद्रि रिजालद्वारा जारी विज्ञप्तीमा अपिल गरिएको छ ।

सामाजिक पृथकीकरण (Social Distancing) मा बस्नु भनेको परिवार भन्दा बाहिरका व्यक्तिहरु जम्मा भएर एकै ठाउँ बस्ने, रमाइलो गर्ने नभई आ आफ्नो घरमा सुरक्षित साथ बस्नु, घरबाट बाहिर ननिस्कनु हो । साथै संक्रमित राष्ट्रबाट आउनु भएका नागरिकहरुले एकान्तवासमा बसी, कसैको सम्र्पकमा नआउनु, भीडभाडमा नजानु, सार्वजनिक यायायात प्रयोग नगर्नु नै सेल्फ क्वारेन्टाइन हो । तसर्थ, देशभरका नागरिकहरुमा नेपाल चिकित्सक संघ सेल्फ क्यारेन्टाइन र सामाजिक पृथकीकरणलाई राम्रोसँग बुझि सोही अनुरुप गर्नु गराउनु हुन अनुरोध गर्दछ । साथै सामाजिक पृथकीकरण र सेल्फ क्यारेन्टाइनमा रहेको अवस्थामा कोरोना भाइरसका लक्षणहरु देखा परेको अवस्थामा तुरुन्त स्वास्थ्य संस्था गई परीक्षण गराउनु हुन समेत अनुरोध गरिन्छ ।

दैनिक जीवन यापनका लागि अत्यावश्यक सामग्रीहरुको खरिद गर्दा वा औषधी खरिद गर्दा हामीले कम्तिमा पनि १ मिटरको दुरी कायम गर्नु पर्ने भएको हुनाले सकेसम्म चिन्ह नै लगाई सोही अनुरुप खरिद गर्ने बानी बसालौं र यो डरलाग्दो महामारीबाट आफू पनि जोगिऔं र अरुलाई पनि जोगाऊँ । त्यसैले सकेसम्म पटक–पटक साबुन पानिले हात धोऊँ, मास्क, सेनिटाइजर आदिको नियमित प्रयोग गरौं । स्मरणरहोस कि आफू सुरक्षित रहन आफ्ना वरिपरिका मानिसहरु पनि सुरक्षित रहनु उत्तिकै महत्वपूर्ण हुने भएको हुनाले सोही अनुरुप गर्नु गराउनु हुन नेपाल चिकित्सक संघ सबैमा पुनः हार्दिक अपलि गर्दछ ।


Loading comments...