कोरोना त्रासमा फ्रान्सले ईराकबाट सैनिक हटायो


ईराकमा वर्षौदेखि फ्रान्सले आफ्ना सेनाहरु राखिरहेको थियो, सिरियामा हमला गर्न र समग्र मध्यपूर्वी देशहरुमा क्रिडास्थल बनाउन सद्धाम हुसेनको पतनपछिको ईराकलाई पश्चिमा देशहरुले प्रयोग गर्दै आएका थिए । स्थानीय हतियारधारी फोर्सहरुलाई सैन्य तालिम दिने प्रयोजनमा ईराकमा बसेका फ्रान्सका सेनाहरु अब हट्ने भएका छन् । २०० जना फ्रान्सेली सेनाहरु ईराकमा सैन्य तालिमकर्ताका रुपमा फुलटाइम बस्दथे तर कोरोना प्रभावले उनीहरुलाई हटाइने भएको हो । विश्व आक्रान्त छ ।

उता बेलायतले पनि आफ्ना सेनाहरु ईराकबाट केहि मात्रामा हटाउने घोषणा गरिसकेको छ । कोरोना संक्रमणको जोखिमका कारण ईराकी सैन्यदस्ताले आफ्नो आन्तरिक तालिमहरु पनि स्थगन गरेको हो ।

सबै पश्चिमा देशहरुले ईराकमा आफ्ना सेनाहरुलाई रिपोजिशन गरेका छन्, छिमेकी ईरानको कोरोना संक्रमणको दर्दनाक अवस्थाले ईराकलाई पनि जोखिममा राखेको छ ।

लाइभमाण्डु


Loading comments...