मलेसियाका हलाल स्यानीटाइजरको किस्सा


एन्टी व्याक्टोरिएल उत्पादनहरुको विश्वभरि माग बढ्दो छ, कोरोनाको त्रासमा धर्म र समाज अनि रितिरिवाजहरु सबै छेउ लाग्दै गएका छन् र यसै अवसरमा ईस्लामीक देशहरुमा हलाल स्यानीटाइजरको बिक्रि वितरण बढ्दो छ र साथमा यि हलाल उत्पादनहरुको औचित्य र असरका कुराहरु पनि चलिरहेको छ ।

मुसलमान प्रयोगकर्ताहरुका लागि हलाल स्यानीटाइजर भनी धर्मको आडमा ब्यापार गर्न मलेसीयामा हलाल स्यानीटाइजरहरु बेचिइरहेको पाइन्छ, ईस्लामहरु मदिराको प्रयोग गर्दैनन तर स्यानीटाइजर अल्कोहोल बिना बन्दैनन तसर्थ यि हलाल स्यानीटाइजरहरु अल्कोहोल फ्रि भनेर बेचिन्छन् । तर अल्कोहोल को प्रयोग बिना एन्टी व्याक्टोरियल उत्पादन बन्न असंभव छ, अब यि अल्कोहोल फ्रि स्यानीटाइजरको प्रभव र उत्पादकत्वमाथि प्रश्न उठ्न थालेको छ ।

ईथनोललाई अल्कोहोलको प्रतिस्थापकका रुपमा प्रयोग गरेको भएपनि हात धुने र व्याकटोरिया मार्ने सवालमा ईथनोलको प्रतिस्थापन तर्कसंगत नहुने बताइन्छ । यद्धपि ईथनोल पनि अल्कोहोल कम्पाउन्ड नै हो । के मलेसीयाका हलाल स्यानीटाइजरहरुले उपभोक्ताको पैसो र स्वास्थ दुबैसंग खेलवाड गरिरहेको छ त ? यो प्रश्न अहिले मलेसीयामात्र नभई विश्वका सबै मुसलमान देशहरुका लागि सोचनीय छ । स्वास्थमा धर्म जोडेर ब्यापारको अवधारणालाई परिभाषित गरिनु कतिको उचित हुनेछ त ?

कोरोना जिवाणुमा भएको प्रोटिनको शेललाई अल्कोहोलले नष्ट पार्दछ, तर के ईस्लाम धर्ममा अल्कोहोल छुँदै नछुनु भनेको हो या नखानु भनेको हो ? धार्मिक अवधारणाले के अब विश्वभरिका मुसलमानहरुले स्यानीटाइजर खपत नै बन्द गर्नेछन् त ?
सोचनीय कुरा भने अवश्य छ ।
लाइभमाण्डु


Loading comments...