हाम्रो पात्रोले नेपाल चिकित्सक संघसँगको सहकार्यमा ल्यायो घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा


सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि ‘Ncell CALL TO डाक्टर सेवा प्रयोग गर्न सकिनेछ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा जानुहोस् अथवा यो लिंक खोल्नुभई आफ्नो समयानुसार अनलाइन बस्नुभएका नेपाल चिकित्सक संघमार्फत जुट्नुभएका डाक्टरहरुसँग सजिलो भिडियो कल गर्न सकिनेछ । डाक्टर अनलाइन हुनुभएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर केवल एक क्लिकमैं भिडियो कल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझै राख्नसक्नुहुनेछ ।

यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना (COVID-19) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि Ncell सँगको प्राविधिक सहकार्यमा तयार गरिएको हो । यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिनुहुन र अहिलेको यस वैश्वीक स्वास्थ्य संकटका एकमात्र सहारा हाम्रा तमाम डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि हामीले प्राथमिकता दिइनेछ भन्ने आशा छ । अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून भन्ने उद्देश्य हो हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले बताउनु भयो ।

कोरोनाभाइरस (COVID-19) को लक्षण देखिएमा वा शंका लागेमा डाक्टरसँग भिडियो कल मार्फत उचित परामर्श प्राप्त गर्नुहोस्

देश अहिले लकडाउन (बन्दाबन्दी) को स्थितिमा छ र अहिलेको स्वास्थ्य संकटसँग लड्ने यो नै एउटा उत्तम उपाय हो । तपाईं घरमा बस्नु नै आफू र अन्यलाई संक्रमणको सम्भावनाबाट जोगिनु हो । यदी तपाईंलाई कोरोना भाईरस (COVID-19) को लक्षणसँग मिल्दो समस्या देखिएको छ भने इन्टरनेटको प्रयोग गरी हाम्रो पात्रोमा उपलब्ध Ncell CALL TO डाक्टर सुविधा प्रयोग गर्नुहोस् र यसबाट जोगिन र अरुलाई पनि जोगाउन उचित स्वास्थ्य सल्लाह प्राप्त गर्नुहोस्ः हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकरराज उप्रेतीले बताउनुभयो ।

देशभरको चिकित्सक सञ्जाललाई केवल एक फोनका भरमा हाम्रो यो अभियानलाई हातेमालो गर्न अभूतपूर्व साथ दिनुहुने बरिष्ठ चिकित्सक तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीज्यू प्रति र हामी आभारी छौं नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल प्रति । वहाँहरुको साथ बिना यो महाअभियान नितान्त अधूरो छ । हाम्रो पात्रोको लाखौं प्रयोगकर्ताका तर्फबाट यही समाचार मार्फत कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं । साथै धन्यवाद NCell लाई यस विशेष पहलमा प्राविधक अन्तरवस्तुका लागि हामीलाई साथ दिनुभएकोमा निर्देशक देवकोटाले बताउनु भयो ।

यो महाअभियानमा जुटेर अहिले लकडाउन अन्तर्गत घरमैं स्वास्थ्य परामर्शका लागि यदी हाम्रा नायक डाक्टरहरु स्वयमसेवक भई जुट्न चाहनुहुन्छ भने कृपया [email protected], [email protected], [email protected] मा इमेल गर्नुहोस् । हामी यो Ncell CALL TO डाक्टर सेवामा आवद्ध कसरी हुने र कसरी प्रयोगकर्ताहरुका जिज्ञासालाई सम्बोधन गर्ने बारे थप जानकारी दिनेछौं । अथवा यहाँहरुले सिधै नेपाल चिकित्सक संघको फेसबुक पेजमा पनि सन्देश पठाउन सक्नुहनेछ ।


Loading comments...