निको भएका १४ प्रतिशतमा फेरि कोरोना संक्रमण देखियो


डेली मेल यूकेको समाचार अनुवाद गर्देछौ जहाँ चीनमा गरिएको कोरोना संक्रमीतहरुमा पूनं संक्रमणको अध्ययन गरिएको थियो । एकफेर कोरोना संक्रमण देखिएर पून तिनै व्यक्तिमा नेगेटिभ भइसकेको भाइरस देखापरेको १४ प्रतिशतमा पाइएको छ । चीनमा एकफेर नियन्त्रणमा आइसकेको महामारी फेरि देखिन थालिएको अवस्था छ, साइलेन्ट करिययर्स भनेंर मेडिकल साइन्समा संज्ञा दिइएका बिरामीहरु कुनै पूर्व लक्षणबिना नै कोरोना पोजिटिभ पाइएका छन् । हुवेई प्रान्तमा दुई महिनाको लकडाउन अव खोलिएको छ र त्यहाँ छाडेर जान चाहने वासिन्दालाई चीनले जाने अनुमती दिइसकेको छ, यस लकडाउन खोदिनुको उदेश्य नै त्यहाँ खाली गराउन र थप कोरोना सम्बन्धी उपचार र अध्ययन गराउन पनि हुनसक्दछ ।

हुवानको अस्पतालमा १४७ जना निको पारेर फर्काइएका बिरामीहरु फेरि संक्रमीत भएको पाइएका हुन् । यि पूर्नसंक्रमीतहरुमा कुनै लक्षण या असर भने देखिएन । हुवान अस्पताल प्रशासनले थप धेरै स्याम्पल साइजमा अध्ययन गर्न खोजेको बताइसकेको छ, आखिर कोरोनाको पूर्नसंक्रमणको दर र अवस्थाका कुराहरु कसरी हुन्छ भन्ने शोध गरिन विश्वका लागि नै जरुरी छ । साउदर्न चाइना मर्निगं पोष्टले पनि यस्ता साइलेन्ट क्यारिअरहरु अनुमान गरेको भन्दा धेरै हुन सक्ने लेखेको छ ।

लाइभमाण्डु


Loading comments...