कोभिड १९ : घरबाटै काम गर्दा आफ्नो ग्याजेटहरु कसरी सफा गर्ने


लेनेभो कम्पनीका भारत शाखाका निर्देशक अशोक नायरसंगको अन्र्तवार्ता यहाँ प्रस्तुत छ । घरमा बसेर काम गर्दा पनि आफ्ना डिभाइसहरु सफा गर्न नसकेमा, राम्ररी सफा नभएमा अनि संक्रमण भएमा कोरोना संक्रमणको संभावना घरमा नै पनि नहोला भन्न सकिन्न । हाम्रा मोबाइल, कम्प्यूटर , ट्यावहरु लगायतका डिभाइसहरु हामीले सोचेभन्दा धेरै फोहोर र संक्रमीत हुन सक्दछन् ।
घरबाट काम गर्नु भनेको अधिकतम डिभाइसहरु बच्चाहरुलाई दिनु भनें जस्तै हो, हरेक घरमा बच्चाहरु ग्याजेट झगडा गरेरै भएपनि लिएर बसेका र खेलेका पाइन्छन् । बच्चाहरुको प्रयोगशैली र नादानीपनाले पनि ग्याजेटको सरसफाई झनै संवेदनशील हुन जान्छ ।
डिभाइस सफा गर्न अगावै पहिले त्यसलाई राम्ररी बन्द गर्ने अनि चार्जर र अन्य सकेटहरु बन्द गराइनु पर्दछ । हेडफोन लगायत अन्य केवलहरु बन्द गर्ने, झिक्ने गरेपछि मात्र सफाई शुरु गरिनु पर्दछ । मेडिकल प्रयोजनका लागि बनाइएका सबै डिसइन्फेक्शन गर्ने स्प्रेहरु डिभाइसका लागि उचित नहुन सक्दछन्, कतिपय स्प्रे ले त डिभाइसको रंग बदल्ने र कार्यप्रणालीनै बिगार्ने पनि गर्दछन् । डिभाइसहरु हाइड्रोजन प्रक्साइड वाइप्स वा पीडिआई जर्मोसाइडल वाइप्सको प्रयोग गर्न पर्दछ, सुख्खा, सफा र मुलायम कपडाको प्रयोग गरिन पर्दछ । कनेक्टर पीनहरुमा यि स्प्रेहरु कदापी हाल्न हुँदैन भने चाहिने भन्दा बढि मात्रामा यि स्प्रेहरु हालिन पनि हुन्न, कपडाले सतहमा सहज र हल्का रुपमा पुछ्दै जान पर्दछ । सफा गरेपछि पूर्णत नसुकीकन डिभाइसहरु खोल्न पनि हुन्न, स्मरण रहोस् व्याकटोरियाको मुख्य स्थल डिभाइसका किवोर्डहरु हुन्, बेलाबेलामा किवोर्डहरु सफा नगरिएमा हामी आफू, परिवार र सहकर्मीहरुलाई पनि जोखिममा राखिरहेका हुन्छौं ।

लाइभमाण्डु
Corona Virus, all you must know in 500 words


Loading comments...