UPDATE: नेपाली आकाशमा देखिएको दृश्य बारे ‘NASO’ को थप जानकारी


चैत्र १४, २०७६ । हिजो साँझ नेपाली आकाशमा करिब ८ बजेर १० मिनेट जाँदा देखिएको दृश्यलाई लिएर हामी अनुसन्धानरत छौँ । हामीलाई आ-आफ्नो स्थानबाट सूचना प्रदान गर्नु हुने सम्पूर्णलाई यसै विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गर्न चाहन्छौं। साथै यस घटनालाई लिएर देशका विभिन्न स्थानमा खासगरी पशिम नेपाल (गण्डकी, प्रदेश-५, कर्णाली तथा सुदुरपश्चिम) मा जमिनमा खन्दा कोइला भेटिएको भन्ने सूचना प्रति पनि ध्यानाकर्षण गर्दछौं। हामीलाई प्राप्त भिडियो तथा फोटोहरु हेर्दा यो हिजोको घटनासंग सम्बन्धित देखिदैन र हामी यसमा थप काम गर्दैछौं।

यदि नेपाली भूमिमा केहि खसेको भए त्यसले दिन सक्ने कम्पन मापन भयो भएन जान्नको लागि हामीले राष्ट्रिय भुकम्प मापन अनुसन्धान केन्द्रसंग सम्पर्क गर्दा हिजो राति त्यस्तो कुनै थप सिग्नल रेकर्ड नभएको जानकारी प्राप्त भएको छ। यो सूचनालाई आधार मान्दा नेपालमा उल्का खसेको देखिदैन।

सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

हिजोको घटनाको थप अनुसन्धानको लागि हामीले सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासंग सम्पर्क स्थापित गरिसकेको कुरा पनि यस्तै विज्ञप्ति मार्फत जानकारी गराउदछौं। साथै हाम्रा अन्तरिक्ष कार्यक्रम हेर्ने संयोजक द्वय नारायण धिताल (स्पेस एप्प्लिकेसन), सुदिप भट्टराई (स्पेस रोबोटिक्स) संग पनि निरन्तर छलफलमा छौं। आशा गरौँ केहि दिनमा हामीसंग थप जानकारी प्राप्त हुनेछ।

नेपाली आकाशमा देखिएको दृश्यबारे नासोले मध्यरात जारी गर्यो विज्ञप्ती

अहिले यत्र तत्र रमाइलोको लागि बनाइएको भनिएको भिडियोहरुले जनमानसमा एक किसिमको त्रास फैलिरहेको पाईएकोले सम्पूर्णमा त्रसित नहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंलाई प्राप्त सूचना सहि गलत के हो छुट्याउन समस्या भए हामीलाई त्यस्ता सामग्री पठाउन सक्नुहुन्छ। हामी हाम्रो ज्ञान-विज्ञानले भ्याएसम्म सत्य तथ्य यहाँहरुलाई जानकारी गराउन अहोरात्र खटिन तयार छौं।

तपाईंहरुले यस सस्था प्रति देखाउनु भएको माया, सद्भाव र बिश्वासको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। यस घटना संगै थप जानकारी आएसंगै हामी यहाँहरुलाई सुचित गर्ने छौं।

धन्यवाद!

नासोका अध्यक्ष भट्टराई ईण्टरनेसनल एष्ट्रोनोमिकल युनियनको राष्ट्रिय जनसम्पर्क संयोजक पनि हुनुहुन्छ ।


Loading comments...