
पाकिस्तानमा रोकिएन शुक्रवारको सामुहिक जुम्मा प्रार्थना
१५ चैत्र २०७६, शनिबार ०८:२९
पाकिस्तानमा कोरोनाको संक्रमण त्रासका बावजुद पनि शुक्रवारको जुम्मा प्रार्थना हजारौ मान्छेहरुको उपस्थितीमा मस्जिदहरुमा निर्वाध सञ्चालन भएको छ । यि प्रार्थनाहरुमा लाखौं हातमिलाउने र अगांलो मार्ने कार्यहरु हुन्छन्, पाकिस्तानी अधिकारीहरुका अनुसार सरकारले यि मस्जिद र प्रार्थनास्थल र भेलाहरु रोक्ने छैन । ईस्लामीक नेता अनि धर्मगुरुहरुले पाकिस्तानमा मस्जिद बन्द नगर्ने कडा सल्लाह दिँदै बरु बुढेसकाल लागेका र रोगीहरुलाई भने मस्जिद नआउने फत्वा जारी गरेका छन् । ईस्लामावादमा शुक्रवार भएको प्रार्थनामा आएका अल्ताप खानलाई उद्धृत गर्दै अल अरबी नामक एजेन्सीले लेखेको छ कि पाकिस्तानीहरु कोरोनामा हैन अल्लाहमा बिश्वास राख्दछन् भनी ।
Curfew is the last and only resort. The sooner, the better. Friday prayer is being offered at the Memon Mosque, Kharadar, #Karachi. #COVID2019 is lethal but not as lethal as this brainless Mullah lot ravaging Pakistan for decades. #coronavirusinpakistan pic.twitter.com/8PatjmdoVq
— Ali Salman Alvi (@alisalmanalvi) March 27, 2020
अहिलेसम्म १२२५ जना संक्रमीत र ९ जनाको मृत्यु भइसकेको पाकिस्तानको यस कदमले त्यहाँको संक्रमण झनै बढाउने सन्देह मजवुत भएको हो । शुरुवाती कोरोना संक्रमणका पाकिस्तानी केसहरु ईरानबाट फर्केका तिर्थयात्रुहरु भएको पाइएको थियो, अब फेरि तिर्थ र प्रार्थनास्थलको लाखौंको भेलाले यो संक्रमण पक्का बढ्ने बताइएको छ ।
लाइभमाण्डु
कश्मिरका मस्जिदहरुमा ४ महिनादेखिको शून्यता
मस्जिद प्रार्थना गर्न जानलाई कर तिर्नुपर्ने
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास