२ दशमलव २ ट्रिलियन अमेरिकी डलरको ट्रम्पको कोरोना रेस्क्यु प्याकेज मा के छ ?


कोरोना भाइरस प्यान्डेमीक संग लड्नलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आर्थिक सुधारको २ दशमलव २ ट्रिलियन डलरको प्याकेज ल्याएका छन् । डेमोक्र्याटहरुले नेतृत्व गरेको हाउस अफ रिप्रशेन्टेटभले स्वीपीगं प्याकेजलाई भोट गरेपटि राष्ट्रपतिले यसलाई सदर गरेका हुन् । रिपव्लीकनले नेतृत्व गरेको सिनेटमा अत्याधिक धेरै बाइपार्टिशन भोट आएको थियो । रिपव्लीकनहरुले कार्यान्वयन चुनौति हुने भनी तर्क दिएतापिन अन्तत ९६ भोट पक्षमा परेपछि यस सुधारको प्याकेज सदर भयो ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले आफ्नो नागरीकहरुको ख्याल राख्दछ भनी सदर गरेका हुन् । अमेरिकी इतिहासमा नै यो सर्वाधिक ठूलो रेस्क्यु प्योकज हो, यस आर्थिक प्याकेजले धेरै अमेरिकी ब्यापारहरुलाई प्रत्यक्ष रकम दिने र कोरोना ले बिगारेको अर्थतन्त्रसंग युद्ध गर्न सहायता गर्ने लक्ष्य लिएको छ ।

हाउस अफ स्पीकर नास्सी पीलोसी का अनुसार अमेरिकी भूमीले पछिल्लो १०० वर्ष देखि यस्तो भयंकर महामारी देखेको छैन, आफ्ना कामदार अनि तिनका परिवारको स्वास्थ अनि सुरक्षा अमेरिकी सरकारको पहिलो प्रार्थमिक्तामा रहेको बताइन । पछिल्लो डाटामा ८५००० संक्रमीत अनि १३०० को मृत्यु भएको अमेरिकी कोरोना महामारी प्रभवमा अमेरिकी सरकारले इमरजेन्सी मिटिगेशन भनि प्रावधान पनि ल्याएको छ ।

सरकारले लाखौं लाख अमेरिकी जनताको आकस्मिक माग र आवश्यक्तालाई यस प्योकज द्धारा पूर्ति गर्ने बताएको छ ।
सरकारले व्यक्तिगत करमा २५ विलियन छुट दिने, शिक्षामा १९ विलियन थप लगानी गर्ने, ४२ विलियन फुड र हाउसिंग सुरक्षाका लागि, ७२ विलियन सार्वजनिक यातायातमा लगायत सर्वाधिक धेरै चाँही कम्पनीहरुलाई लोन दिन ५१० विलियन डलर छुट्याएको छ ।

लाइभमाण्डु


Loading comments...