उसको नाम निशा


बिर्खे दाइको चिया पसल अगाडी बसी चियाको चुस्की संगै, सुरुप्प एक खिल्ली चुरोट उडाउँदै मेरा लफंगा साथीहरुसंग मिलेर बाटोमा हिडीरहेकी निशालाई जिस्काउने म, यो देशको एक देशभक्त समाज सेवक ।दिनभरी गाउँ गाउँ डुलेर कतै राहत वितरण गर्दै त कतै बच्चाबुच्चीलाइ कापी कलमको महत्व सिकाउने म, साँझको संख बज्न पाउँदा नपाउंदै बिर्खे दाइको मा attendance गर्न पुग्छु । साथीभाईसंग बसेर अस्लिल चुटकिलामा हास्दै गर्दा मेरो आँखा बाटोमा हिडिरहेकी निशामा पुग्छ । उसको चाल देख्नासाथ म मेरो साथीलाई कुइनोले घच्घचाउँछु । मेरो एक साथी जिब्रो पड्काउँदै भन्छ “ क्या माल रहिछे यार” । अर्को निशाको स्तनको तारिफ गर्न तिर लाग्छ । जसै जसै निशा नजिक आउँछे, मेरो एउटा भुसतिग्रे साथि भन्छ “ यसलाई पाए त” । निशाको पाइला जति अगि बढ्छन तेती तेती चिया भन्दा बडी ध्यान उसको जिउढाल तिर लाग्छ । अनि निशाको अगाडी गएर म सामाजसेवी भन्छु “मैया कता हो? कतै पुर्याइदिउ कि?” निशा पनि हतार हतार गरेर दौडियेकै झैं हिडछे । अनि जसो निशाको मुहार हामीबाट टाडा पुग्छ र उसले हामी तिर ढाड फर्क्याउँछे, मेरो आँखा उसको ढाड भन्दा अलिक अर्कै तिर पुग्छ । निशा नजर भन्दा टाडा पुग्छे अनि म ४ ओटा NGO को कर्मचारीको आँखा ५ कोष टाडा भएकी निर्मलामा पुग्छ |

जसो तसो हाम्रो पिछा छुटाएर घर पुगेकी निशा हस्यंग फस्यंग गर्दै भर्खरै अफ्फिसबाट फर्किएका निशाका बाको लागि तातो चिया टक्राउन तिर लाग्छे । बिहानै सबेरै उठेर घरको चुलो सम्हाल्ना साथ भाइको इस्कुल जाने लुगा इस्त्री गर्ने देखि लिएर भाइको टिफिन र टुम्लेट ready पार्ने निशाको नित्य कर्ममा पर्छ । ठिक ९ बजे निशाका बा र भाइ इस्कुल तिर लाग्छन र दैलोमा बसी निशा भने दुबै जानालाई bye गर्छे । उसो त निशा सधैं घरमै बस्छे तर कहिले काही जब भाइले इस्कुल्मै बिताउँछ, निशाले आफ्नो भाइको लागि फेर्ने कपडा लिएर इस्कुल जान्छे । निशा र विद्यालयको सम्बन्ध यो भन्दा बडी अगाडी बढ्न नदिने भन्ने निस्कर्स भने बिध्यालाया सामाजिक सिक्षा पडाउने सिक्षक्ले गरेका हुन् । शिक्षकको भनाइ अनुसार निशा यसै पनि अबको एक डेड वर्षमा अर्काको घर जदैनै छे, त्येसैले दुखले कमाएको पैसा किन खेर फाल्नु र ? विद्यालयको सिक्षा भन्दा पनि निशालाई भान्साघरको सिक्षा भने अत्यधिक धेरै छ । निशाको हातको स्वाद को सबैले तारिफ गर्छन । उसो त निशाले इस्कुल जानको लागि घरमा प्रस्ताब नाराखेकी हैन तर बिद्यालयमा सामाजिक सिक्षा पडाउने निशाका बाले भने निशालाई एकदमै नराम्रो संग झापेड़े । “छोरा पडाये भविस्य – छोरि पडाये नस्ट ” निशाका बाको सामाजिक सोच । तेही लेखन पाठन गर्न नापायेकिले होला निशा आजकल चम्चाले भात खान्छे । तर निशाको भाइले भन्दा, निशाले चम्चा अलिक बेग्लै गरि समाउँछे । जसरि बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म निशाको भाइले इस्कुल्मा कलम समाउँछ, हो तेसैगरी राति ८ बजे खाना खाने समयमा निशाले चम्चा चलाउँछे ।

उसो त महिनाको २६ दिन निशाले आफ्नो नित्य कर्म गर्छे । तर महिनाको ४ दिन भने निशाकी आमालाई भ्याई-नभ्याई हुन्छ । महिनाको ४ दिन निशालाई घरमा देखिदैन । महिनाको ४ दिन निशा भने गाइको गोठमा हुन्छे । सधैँभरि, गोठ सफा गर्ने अनि भुइँ लिप्ने जिम्मा त निशाकी आमाको हो तर, महिनाको ४ दिन जब निशाले छोएको पानि चल्दैन तब यी सबै duty निशालाई transfer हुन्छ। निशाकी आमा पनि आफ्नो बेलामा महिनाको ४ दिन गोठ बस्थिन रे । आफ्नो बेलामा सारै दुख पाएकी निशाकी आमा भन्छिन कि “घर गरेर खान सजिलो छइन” । त्यसैले निशाको चार दिन पनि तेही आमाले सुने झैं गाइको बाँ-बाँ सुनेर बित्छ । यसरी निशालाई गोठमा राख्ने कुरामा निशाको भाइले आवाज नउठाएको त हैन तर निशाकी आमा भन्छिन कि “छोरा मान्छे भएपछि छोरा जस्तो कुरा गर्न सिक्नुपर्छ” रे । निशालाई भने गोठमा बस्न पट्टक्कै मन्पर्दैन । हरेक साँझ जब गोठमा खाना आइपुग्छ, निशा गोबरको गन्दले गर्दा खानै सक्दिन । बिचार निशा, पाँचौं दिनमा यसरी खाना हसुरछे कि साँसै अड्किन्छ ।

हिजो आज म निशालाई बाटोमा देख्दिन । सायद उसको भाइले आजभोलि सौचालयमै दिसा पिसाब गर्छ होला । हिजो आज दिउँसो तिर निशाको घरमा पनि चहलपहल छैन रे, सायद निशा पनि बिद्यालय भर्ना भई । हिजो आज निशाकी आमा सधैं जसो खाना बनाउँछिन् रे, सायद निशाको बिहे भए जस्तो छ । अस्ति निशाको घर बाहिर थुप्रो मान्छेको भिड देखियो, जन्ती आयो होला भनेको – मलामी रहेछ । खोला नजिक निशाको मण्डप हैन घाट देखियो । हिजो निशाले छोएको पानि नखाने निशाको बाले – आजभोलि निशालाई दिन रात सम्झिन्छन् रे ।

अंकित अर्याल (हाल अमेरिका )


Loading comments...