आप्रवासी डाक्टरहरुले जोगाएका पश्चिमी देशहरुको कोरोना संक्रमण


आप्रवासीहरुलाई हेप्ने अनि वर्षौसम्म हेला र हेयमा राख्ने अधिकतम पश्चिमी देशहरुको संस्कार थिएन भन्न सकिन्न, तर पछिल्ला वर्षहरुमा फ्रान्सलाई वल्र्ड कप फुटवल दिलाउने देखि अहिलेको कोरोना संक्रमणमा समेत बाटाघाटामा क्याम्प बनाई संक्रमीतलाई श्वाँसप्रश्वाँस सहज बनाउन सहयोग गर्ने आप्रवासी डाक्टरहरुको देनलाई उति मिडियाहरुले पनि प्रार्थमिक्तामा नराखेको पाइन्छ ।

अधिकतम डाक्टरहरु तेश्रो मुलुकबाट पश्चिमा देशहरुमा भारी रकम तिरेर पुगेका हुन्छन् तर त्यहाँको कोर्स र प्राक्टीस गर्ने प्रावधानको साँघुरो परिधीमा पर्न नसकेर उनीहरु डाक्टर भएपनि प्राक्टीस गर्न नपाई बसेका हुन्छन्, अहिले तिनै डाक्टरहरुले आफ्नो सर्टिफिकेटको प्रश्न छेउ लगाएर सबैजनाको सेवा गर्दै आएका छन् ।

जर्मन मा नै भेन्टीलेटर र इन्टेनसिभ बेडहरुको कमीका साथै मेडिकल र पारामेडिकल जनशक्तिको कमी छ जहाँ आप्रवासी डाक्टरहरुले सहयोग गरिरहेका छन् । जर्मनको फार राइटहरुको हृदयभूमि साक्शोनी शहरमा अहिले मेडिकल एशोसीएसनले नै आप्रवासी डाक्टरहरुलाई कोभिड १९ संग लड्नका लागि अस्पताल छिर्न र उपचारमा संलग्न हुन उर्दि जारी गरेका छन् । साक्शोनीमा पछिल्ला वर्षहरुमा आप्रवासीहरुलाई हरेक तवरले हेयभाव र सामाजिक अपहेलना गरि राखिएको थियो ।

फेसबुक अपिल मा नै साक्शोनी मेडिल वोर्डले आप्रवासी डाक्टरहरु जस्को जर्मन मेडिकल सदरता नभएपनि उपचारमा आउन बताइएको छ । ह्याम्वर्गमा पनि यस्तै भएको छ, अध्ययनरत आप्रवासी डाक्टरहरुलाई पनि निम्तो दिइएको छ, जर्मनलाई यहाँहरुको आवश्यक्ता छ भनेर ।

बेलायतमा पनि यस्तै अवस्था छ, बेलायतको रेफु एड नामक गैर सरकारी संस्थाले फाइनान्सीयल टाइम्समा राखेको डाटाका अनुसार करिब ५०० जना आप्रवासी डाक्टरहरु युद्ध या त्रास अनि अन्य कारणले बेलायतमा छिरेका छन् जो त्यहाँको कानुन अनुसार प्राक्टिस गर्न अयोग्य छन्, यद्धपि उनीहरुलाई कोरोना संग लड्न अस्पतालमा निमन्त्रणा गरिनु पर्ने बताइएको छ ।

लाइभमाण्डु


Loading comments...